लायन्स तथा लियोको संयुक्त पदस्थापना - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

लायन्स तथा लियोको संयुक्त पदस्थापना



हिमाल पोस्ट /बुटवल,कार्तिक २७,

लायन्स तथा लियो क्लवहरुको सयुक्त पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लव अफ बुटवल खस्यौली मातहत स्थापना भएको लायन्स क्लव अफ सैनामैना, लायन्स क्लव अफ बुटवल युथ, लियो क्लव अफ बुटवल खस्यौली, लियो क्लव अफ खस्यौली युथ, लियो क्लव अफ सैनामैना, लियो क्लव अफ लर्ड बुद्ध को सयुक्त पदस्थापना भएको छ ।
लायन्स जिल्ला परिषद ३२५ वी २ का गर्भनर लायन घनश्याम भट्टराईले नवनिर्वाचित क्लवका अध्यक्ष तथा पदाधीकारी हरुलाई पद तथा गोपनियताको सपथ खुवादै पदस्थापन गर्नु भएको हो । कार्यक्रममा सपथ ग्रहण पुर्व बोल्दै गर्भनर भट्टराइले लियो तथा लायन्स क्लवको स्थापना भनेको आफु भन्दा कम भाग्यमानीको सेवाको लागी स्थापीत रहेको भन्दै मानिस धनले भन्दा पनि मनले धनी भएर सधै आफु भन्दा कम भाग्यमानीको सेवामा, सामाजीक काममा अगााडी बढ्न आग्रह गरे ।
लायन्स अंचल परिषदका अंचल अध्यक्ष लायन मुत्ति प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लव अफ बुटवल खस्यौलीका अध्यक्ष मनोज ध्वजु, लायन्स क्ल्व अफ सैनामैनाका अध्यक्ष तिलक केसी, लायन्स क्लव अफ बुटवल युथका अध्यक्ष जमील खान, लियो क्लव अफ बुटवल खस्यौलीका अध्यक्ष अन्जन विश्वकर्मा, लियो क्लव अफ बुटवल खस्यौली युथका प्रथम उपाध्यक्ष मोहन न्यौपाने, लियो क्लव अफ लर्ड बुद्धका अध्यक्ष दिपेश मल्लले वार्षिक कार्ययोजना प्रस्तुत गरेका थिए । कार्यक्रममा पुर्व जिल्ला परिषद गर्भनर एमजेएफ प्रभात कुमार जोशी, द्धितिय जिल्ला परिषद गर्भनर सुनिल वझा लगायतले शुभकामना व्यक्त गरेका थिए ।
लायन सुमन श्रेष्ठको संचालन र तिलक केसीको धन्यवाद ज्ञापन रहेको कार्यक्रममा निर्वाचित अध्यक्ष, सचिव र कोषाध्यक्षलाई लायन्स ३२५ वी २ का गर्भनरको पिनले सम्मान गरिएको थियो । सोही अवसरमा लायन्स गर्भनर भट्टराइले लियो क्ल्व अफ लर्ड बुद्धको उद्घाटन समेत गर्नु भएको थियो । कार्यक्रममा नव प्रवेशी लायन्स तथा लियो सदस्यहरुलाई पनि पद तथा गोपनियताका सपथ ग्रहण गराइएको थियो ।