सामाजिक विखण्डनमा वैदेशिक रोजगार कतिको जिम्मेवार - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

सामाजिक विखण्डनमा वैदेशिक रोजगार कतिको जिम्मेवार



१०  वर्षको जनयुद्धपछी नेपालमा शान्ति नामको विगुल त फुकियो तर देश आज पनि आतकित छ ।दिनहु बढदो हडताल ,बन्द,राजनैनिक खिचातानीले देश खस्किदो अवस्थामा छ । देशको विकासमा ठुलो क्रान्ति लयाउन सकने दक्ष जनशक्ति हजारौँको सङ्ख्यामा दिनहु पलायन हुँदै छन् ।देशको अर्थतन्त्र आज पनि रेमिटेन्सको भरमा चलिरहेको छ ।वैदेशिक रोजगारले देश ,समाज र व्यक्तिगत जनजीवनलाई केही हदसम्म सरल र सुलभ त बनायो ।तर बडदो वैदेशिक रोजगारको नकारात्मक असर सिधा देश,समाज व्यक्तिगत जीवनमा परी रहेको छ ।जस्मा हामी कसैको पनि ध्यान जान सकेको छैन ।बढदो वैदेशिक रोजगारीले सामाजिक रूपमा जटिल समस्या बन्दै गइरहेको छ।सामाजिक विकृति मध्य सम्बन्धविछेद जस्ता समस्याहरू बढने प्रमुख कारण पनि वैदेशिक रोजगारी नै हो ।आजभोलि हामीले विभिन्न सञ्चार माध्यमबाट दिनहु जस्तो सामाजिक विकृति मधय सम्बन्धविछेदका घटनाहरू बढेको सुनदै आइरहेका छौँ र सम्बन्धविछेद हुनेहरूमा प्रायः वैदेशिक रोजगारमा रहेको समूह नै पर्ने देखिन्छ ।

केही समय यता जब वैदेशिक रोजगारको क्रम बढदै गयो।तेहि अनुरूप नेपालमा सम्बन्धविछेद जस्ता समाजिक विखण्डनका समस्याहरू पनि बढदै गइरहेका छन् । सम्बन्धविछेद एक समाजिक विकृति हो।जसले एक सिङ्गो परिवार मात्र नभई सिङ्गो देश र सिङ्गो समाजलाई नै विखण्डनको बाटो तिर लैजादै छ ।सम्बन्धविछेद जस्तो विकृतिमा जति पुरुषहरू पीडित छ सख्याको आधारमा महिलाहरू दोब्बर तेब्बर पीडित छन् । बढदो वैदेशिक रोजगारले लामो समयसम्म श्रीमान् श्रीमती एक आपसमा टाढा रहदा सम्बन्धमा चिसोपन आउनु , श्रीमान् श्रीमतीबीच समान अस्तित्व स्वीकार गर्न नसक्नु सकुचित विचारधारा,एकल परिवार जस्ता कारणले सम्बन्धविछेद जस्ता समस्याहरू बढदै छन् । सम्बन्धविच्छेदका लागि अदालतको ढोकासम्म पुग्ने अधिकाश महिलाहरू श्रीमान् लामो समयसम्म विदेशबाट नफर्केको ,विदेशबाट फर्केर आउँदा अर्को विवाह गर्ने ,सत्य तथ्य नबुझी परिवारको कुरा सुनी श्रीमतीलाई अभद्र व्यहार गर्ने , मानासिक र शारीरिक याचना दिने ,शङ्काको भरम घर निकाला गरिदिने र माइतीमा नै बस्दै आका महिलाहरू पर्दछन ।

अर्कोतर्फ पुरुषहरू पनि अन्यायमा नपर्ने होइन बढदो वैदेशिक रोजगारीले पुरुषहरू पनि अदालतको ढोकासम्म पुग्न विवश छन् आफू विदेश गय पछि श्रीमतीले परपुरुषसङ समिप्य्ता बढाएको ,आफूले दुख गरी कमाएको धनसम्पत्ति हिनामिना गराएको, बालबालिका र परिवारको हेरचाह नगरेको र श्रीमान् घरमा नआउदै लापता हुने जस्ता कारणले पीडित छन् । भौतिक दुरीका कारण दुवै पक्षले परपुरुष ,परस्त्रीसँग सम्बन्ध बनाउनु वयक्तीको दृष्टिकोण अनुसार फरक पर्छ ।कानुनी वयवस्था जे-जस्तो भए पनि बढदो वैदेशिक रोजगारका कारण ज्यादातर पुरुषहरू पीडित देखिएपछि महिलाहरू लाई न्यायको लागी जटिल विषय बन्दै गई रहेको छ ।

अन्त्यमा विवाह जस्तो पवित्र बन्धनलाई सम्बन्धविच्छेद जस्ता विकृतिले खराब नबनाउ ।एक अर्कोप्रती विश्वास गर्न सक्ने बलियो आधार बनाऊ ।समान अस्तित्व स्वीकार गर्न सिकौ ।दुवै पक्षले आपसी समझदारी कायम गरौँ । दुवै पक्षले एक अर्कोको आत्मानिणय,आत्मासम्मानको कदर गरौँ । स्वदेशमै रोजगारीका अवसरहरू सृजनागरि बढदो वैदेशिक रोजगारी नियन्त्रण गर्ने प्रयास गरौँ।

मनिकला महतारा
छापाहिले गुल्मी हाल मलेसिया