अभिनेत्री साम्राज्ञीलाई चार महिला बोर्डीगाड - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

अभिनेत्री साम्राज्ञीलाई चार महिला बोर्डीगाड



अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह सोमबार काठमाडौंमा चलचित्र मारुनीको ट्रेलर रिलिज समारोहमा चार महिला अंगरक्षकको साथमा पुगिन् । ती महिला अंगरक्षक साम्राज्ञीभन्दा बढी ग्लामर थिए ।

साम्राज्ञीलाई अगाडि पछाडि स्कटिङ गरिरहेका ती युवतीसँग यी अभिनेत्रीलाई सुरक्षा दिने कुनै सुरक्षा सामग्री थिएनन् । ती चार युवतीले साम्राज्ञीलाई सुरक्षा दिएर कार्यक्रम स्थलमा पुर्याए ।

कार्यक्रम अवधिभर उनीहरु साम्राज्ञीकै वरपर बसे । कार्यक्रम सकिएपछि ती चार युवतीले साम्राज्ञीलाई बाहिर निक्लँदासम्म सुरक्षा दिन पछि परेनन् ।

कार्यक्रम स्थलबाहिर भने साम्राज्ञीको अघिपछि ती युवती देखिएनन् ।