समृद्धि बनिन अमेरिकी सेनाको उच्च पदमा पुग्ने पहिलो नेपाली महिला - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

समृद्धि बनिन अमेरिकी सेनाको उच्च पदमा पुग्ने पहिलो नेपाली महिला



काठमाडौं – नेपाली चेली अमेरिकी सेनाको माथिल्लो तहमा पुग्ने पहिलो महिला बनेकी छन् । ११ वर्षको उमेरमा नेपालबाट अमेरिकी पुगेकी नेपाली चेली समृद्धि रिमाल अमेरिकी सेनाको मेजर हुने पहिलो नेपाली महिला हुन् ।

१८ वर्षको उमेरमा हाइस्कुल शिक्षा पूरा गरेपछि अमेरिकी सेनामा भर्ती भएकी उनि अमेरिकाको डालसमा हुर्किएकी हुन् ।

अमेरिकी रक्षा मन्त्रालयको मेजर पदमा कार्यरत रिमाल हाइस्कुल पढ्दै गर्दा एकपटक अमेरिकी सेनाकी एक महिलासँग उनको भेट भएको थियो । जतिबेला उनलाई म पनि सेनामा काम गर्न सक्छु होला किन नजाने भन्ने लागेको थियो ।

उनले भनेकी छन्, ‘अमेरिकी सेनामा धेरै राम्रो वातावरण पाएपछि त्यहीँ रमाएँ म ।’ जति समय रमाइलो लाग्छ त्यतिसम्म बस्ने उनले योजना सुनाइन् । कामको सिलसिलामा सन् २०११ मा अफगानिस्तानमा त्यहाँका बच्चासँग भेट हुँदा उनी धेरै खुसी भएकी थिइन् ।

सन् २००५ मा एकपटक आमा र दिदीसँग नेपाल आएकी थिइन्, छोटो समय बसेर फर्केकी उनले आफ्ना छोरीलाई नेपाल घुमाउने चाहना राखेकी छन् ।