संसद बैठक अगाडी चार सांसद र दुई कर्मचारीमा कोरोना संक्रमण पुष्टि - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

संसद बैठक अगाडी चार सांसद र दुई कर्मचारीमा कोरोना संक्रमण पुष्टि



काठमाडौँ- प्रतिनिधिसभाका ४ सदस्य र संघीय संसद् सचिवालयका २ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । सभामुख र उनको सचिवालयका सबैको पीसीआर रिपोर्ट नेगेटिभ देखिएको संसद् सचिवालयले जनाएको छ ।

सभामुखसहित १२८ जना सांसदको बुधबार पीसीआर परीक्षण गरिएको थियो । त्यस्तै संसद्का कर्मचारी, पत्रकार, सुरक्षाकर्मी, मर्यादापालक समेत गरी ४८१ जनाको पनि पीसीआर परीक्षण गरिएको थियो ।

जम्मा ६०९ जनाको परीक्षण गरिएकोमा ६ जनामा कोरोना संक्रमण भएको भेटिएको हो ।