संसदमा उठ्यो लामिछाने पक्राउ विषय ,चौधरीले लागईन यस्तो आरोप « Himal Post | Online News Revolution
Logo

संसदमा उठ्यो लामिछाने पक्राउ विषय ,चौधरीले लागईन यस्तो आरोप



काठमाडौँ । टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने पक्राउको विषय संसदमा उठेको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा रवि लामिछानेका समर्थकले चितवनमा गरेको प्रदर्शनले अनुसन्धानलाई प्रभावित पार्न सक्ने भन्दै सांसदहरु कुरा उठाएका हुन् ।

नेकपा सांसद शान्ता चौधरीले अनुसन्धान प्रक्रिया चलिरहेका बेला त्यसलाई प्रभावित पार्न खोज्ने खालको गतिविधि भएको भन्दै अनुसन्धान प्रभावित बनाउन खोज्न लागेको बताइन् । यस्तो अवस्थामा सबै राजनीतिक दल एकै ठाउँमा उभिनुपर्ने उनको भनाई थियो ।

त्यस्तै, नेकपाका अर्का सांसद हितबहादुर तामाङले पनि चितवनको सडकमा गैरसंवैधानिक खालको नारा लागिरहेको भन्दै त्यसलाई सरकारले तत्काल नियन्त्रण गर्नुपर्ने भनाई राखेका छन् ।

पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणको छानबिनको लागि हाल टेलिभिजन प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई पक्राउ परेका छन् ।