प्रदेश सभा बैठक भोली सम्मको लागी स्थगित - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

प्रदेश सभा बैठक भोली सम्मको लागी स्थगित



आचार्य प्रदीप/ बुटवल। प्रदेश नम्बर ५ को प्रदेश सभा बैठक भोली दिउँसो १ बजे सम्मको लागी स्थगीत बनेको छ ।

आज दिउँसो १ बजे बसेको प्रदेश सभा बैठकमा कांग्रेस सदस्य डिल्ली बहादुर चौधरीले बजेटले प्रदेशको समग्र बिकासमा सम्बोधान नगरेको बताउँदै अबरुद्व गर्ने जनाएपछि कांग्रेसका सदस्यहरुले उभिएर बिरोध जनाएका थिए ।

सभामुख पूर्णबहादुर घर्तिले बैठक अगाडि बढाउन खोज्दा कांग्रेस सदस्यहरु बैठक बहिस्कार गरी बाहीरिएका थिए ।

कांग्रेस सदस्य बाहीरिएपछि २० मिनेटलाई स्थगीत गरीएको भएपनि कारणबस बैठक बस्न नसकेको र बैठक भोली दिउँसो बस्ने प्रदेश सभाले पत्र जारी गर्दै जानकारी गराएको छ ।

भोलीको बैठकमा पनि बजेटको बिषयमा छलफल हुने प्रदेश सभा सचिवालयले जनाएको छ ।