संसदमा खाजा–खानाका लागि मात्रै तीन वर्षमा १० करोड ७८ लाख १९ हजार ९ सय ३५ रुपैयाँ खर्च - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

संसदमा खाजा–खानाका लागि मात्रै तीन वर्षमा १० करोड ७८ लाख १९ हजार ९ सय ३५ रुपैयाँ खर्च



१९ असोज, काठमाडौं । संसदमा खाजा–खानाका लागि मात्रै तीन वर्षमा १० करोड ७८ लाख १९ हजार ९ सय ३५ रुपैयाँ खर्च भएको छ ।

आर्थिक वर्ष ०७०-७१ देखि ०७२-७३ सम्म संसद् सचिवालयले संसदीय समिति, संसदीय दल र सभामुख, उपसभामुखको सचिवालयमा खाना–खाजाको नाममा  सो बराबरको रकम खर्च गरेको छ ।

पछिल्ला दिनमा खाना–खाजा कुपनको व्यापक दुरुपयोग हुन थालेपछि सभामुख ओनसरी घर्तीले आर्थिक मितव्ययिता अपनाउन भन्दै खाजा खाना कुपन गत १ भदौं वाट कटौती गरेकी थिइन् ।

त्यसको सट्टा संसद सचिवालयले समिति वैठक चल्दा समिति सदस्यहरुलाई विगतमा दिइदै आएको १ सय ५० रुपैया भत्तामा २५० रुपैया थप गदै ४ सय रुपैया उपलब्ध गराउँदै आएको अाजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

कुन आर्थिक वर्षमा कति खर्च ?

पछिल्लो तिन वर्षमा संसद सचिवालयले खाना खाजामा मात्रै कुल १० करोड ७८ लाख १९ हजवार ९ सय ३५ रुपैया ३१ पैसा खर्च गरेको छ ।

आथिर्क वर्ष २०७०-०७१ मा १ करोड ५ लाख, ०७१-०७२ मा ४ करोड ६० हजार ५८ हजार २ सय १० र आर्थिक वर्ष २०७२-०७३ मा ५ करोड १२ लाख ६१ हजार ७२४ रुपैया ७१ पैसा खाना खाजामा सचिवालयले खर्च गरेको छ ।

onlinekhabar