संशोधन प्रस्ताव विधेयकको विरुद्वमा पुनः तिन दिन रुपन्देही वन्दको आह्वान - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

संशोधन प्रस्ताव विधेयकको विरुद्वमा पुनः तिन दिन रुपन्देही वन्दको आह्वान



संविधान संहिमाल पोष्ट / बुटवल, ३० मंसिर । संशोधन  प्रस्ताव विधेयकको विरुद्वमा पुनः रुपन्देही वन्द आह्वान भएको छ । मंसिर १५ देखि २१ सम्म रुपन्देही वन्द गरेको संयुक्त संघर्ष समिति रुपन्देहीले भोलि देखि तीन दिन सम्म वन्द आह्वान गरेको छ ।

15577382_1220654317983260_603306270_n-1

दोस्रो चरणको आन्दोलन अन्र्तगत पुस १, २ र ३ गते रुपन्देही वन्द आह्वान गरेको संघर्ष समितिले यस अघि नै विज्ञ्प्ती जारी गरी जनाएको थियो । संघर्ष समितिले मंसिर २७ गते देखि विभिन्न प्रकारको आन्दोलनको कार्यक्रम गदै आएको छ । आज समितिले बुटवलमा सिठ्ठी जुलुश निकालेको थियो । यस अघिको वन्दमा सांझ ५ बजे देखि खुल्ने गरेपनि यो वन्द निरन्तर जारी रहने समितिले जनाएको छ ।

नेकपा एमाले रुपन्देही उपसचिव गोपाल रानाका अनुसार तीन दिने रुपन्देही वन्दमा एम्बुलेन्स, पानी, दुध, कुटनीतिक नियोग, प्रेस, हरियो तरकारी, विवाहका सवारी साधन वाहेक अन्य सबै वन्द हुने जानकारी गराउनुभयो ।

त्यस्तै मंसिर १५ गते देखि निरन्तर वन्द हुदै आएको गुल्मीमा पुस १, २ र ३ गते आमहड्ताल आह्वान भएको संयुक्त आन्दोलन परिचालन समिति संयोजक एवं नेपाली कांग्रेस गुल्मी सभापति भुवन प्रसाद श्रेष्ठले जानकारी गराउनुभयो । आमहड्तालमा शैक्षिक संस्था समेत वन्द गरिने संयोजक श्रेष्ठले बताउनुभयो ।

त्यसैगरी पाल्पामा पुस १ र २ गते वन्द आह्वान गरिएको संयुक्त संघर्ष समितिले जानकारी गराएको छ । अर्घाखांचीमा समेत वन्द आह्वान भएको छ ।

प्रदेश नं. ५ का पहाडी जिल्ला अन्य प्रदेशमा राख्ने गरी सरकारले मंसिर १४ गते संसद संचिवालयमा दर्ता गराएको संविधान संशोधन प्रस्तावको विरुद्वमा लुम्बिनी अंचल सहित प्युठान, रुकुम, रोल्पामा संघर्षका कार्यक्रम हुदै आएको छ ।

राजधानीका गुल्मेलीहरुको आह्वान ५ नं प्रदेश नटुक्रयाउ

राजधानीमा बस्ने सम्पुर्ण गुल्मेलीहरुको साझा मंच गुल्मेली समाजले ५ नं प्रदेशबाट गुल्मी जिल्ला अलग गर्ने गरी संसदमा दर्ता भएको सबिधान सशोधन प्रस्ताब प्रति असहमति ब्यक्त गर्दे तत्काल सो  फिर्ता लिन आग्रह गरेको छ ।

गुल्मी जिल्ला स्थायी घर भै हाल काठमाडौ उपत्यकामा बस्ने बिभिन्न राजनीतिक दलका नेताहरु , सांसदहरु, नेपाल सरकारका पुर्ब सचिबहरु, सरकारका उच्च अधिकारीहरु, बिभिन्न पेशा ब्यबसायमा रहेका प्रतिष्ठित ब्याक्तित्वहरु सदस्य रहेको गुल्मेली समाजको बिस्तारितबैठकले स्थानीय जनताको माग बिना, स्थानीय जनताको हित बिपरितको सबिधान सशोधन प्रस्ताब फिर्ता लिन आग्रह गर्दे आगामी सोमबार पुष ४ गते अपरान्ह  ३ बजे माइतिघर मण्डलामा शान्तिपुर्ण प्रदर्शन गर्ने निर्णय गरेको छ ।

समाजका अध्यक्ष एवं पुर्ब मन्त्री हरिप्रसाद न्यौपानेको अध्यक्षतामा बसेको बैठकले सो  शान्तिपुर्ण कार्यक्रममा सबै राजनीतिक दलका नेता, बुद्धिजीबी र सबै क्षेत्रका गु्ल्मेलीहरुलाई आमन्त्रण गर्ने निर्णय  गरेको र सो अनुसार उपस्थितिका लागि सम्पुर्ण गुल्मेलीहरुलाई बिशेष आग्रह पनि गरेको छ ।

बैठकले गुल्मी जिल्ला निबासी सुबर्ण जवाहरर्जन भर्खरै नेपाल सरकारको राज्य मन्त्रीमा नियुक्त हुनुभएकोमा बधाइ तथा कार्यकालको पुर्ण सफलताको कामना गरेको छ । त्यसैगरी गुल्मी जिल्लाकी पुष्पा बस्नेत सिएनएन हिरो हुनुभएकोमा बधाई ज्ञापन गर्दै  सम्पुर्ण गुल्मेलीहरुले गौरबको रुपमा लिएको  समाजका महासचिव एवं बरिष्ठ पत्रकार टंक पन्तले बैठक पछि जारी गर्नुभएको बिज्ञप्तिमा उल्लेख छ ।

चारदिनसम्म रोल्पा बन्दको घोषणा

५ नम्बर प्रदेशवाट पहाडी जिल्ला टुक्र्याउने गरी सरकारले संसद्मा दर्ता गरेको संविधान संशोधन विधेयकविरुद्ध आजदेखि पुस ३ गतेसम्म रोल्पा तथा प्यूठान जिल्ला बन्दको घोषणा गरिएको छ ।

रोल्पा—प्यूठान संयुक्त सङ्घर्ष समितिको बुधबार प्यूठानको भिङ्गृमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । लामो समयसम्म आन्दोलन गर्दासमेत सरकारले सुनेन, अब आन्दोलनलाई थप सशक्त बनाउँछौँ, संयुक्त सङ्घर्ष समिति, रोल्पाका संयोजकसमेत रहनुभएका नेपाली काँग्रेस रोल्पाका सभापति अमरसिंह पुनमगरले बताउनुभयो ।

विधेयकको विरोधमा छुट्टाछुट्टै आन्दोलन गरिरहेका ५ नं प्रदेशमा पर्ने यी दुई जिल्लाले पुस १ देखि ३ गतेसम्म आम हडताल गर्ने बताइएको छ ।