संशोधन विरोधमा भारतमा प्रदर्शन - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

संशोधन विरोधमा भारतमा प्रदर्शन



हिमाल पोष्ट/ २० मंसिर, काठमाडौं । सरकारले संसदमा दर्ता गरेको विधेयकको विरोधमा नेपालमा भइरहेको आन्दोलनमा ऐक्वद्धता जनाउँदै भारतको  नयाँदिल्लीस्थित जन्तरमन्तरमा प्रवासी नेपालीका चार संगठनले संयुक्त विरोध प्रदर्शन गरेका छन् ।

सरकारले भारतको दबाबमा तराई र पहाड विभाजन गर्ने गरी संशोधन प्रस्ताव गरेको भन्दै राष्ट्रिय जनमोर्चा, एमाले, मालेलगायतले गरेको विरोधलाई समर्थस्वरुप संघर्षरत नेपाली जनताको समर्थनमा ऐकवद्धता जनाएको बताएका आजको अन्नपूर्णमा समाचार छ ।

विभिन्न राजनीतिक दलका भारमा रहेका भातृसंगठनले भारतीय हस्तक्षेपको दबाबमा सरकारले संशोधन प्रस्ताव दर्ता गराएको आरोप लगाए । भारतको जन्तरमन्तरमा भेला भएका एक हजार बढी नेपालीले जुलुस निकालेका थिए ।