सामुहिक बलात्कार गरेको आरोपमा चारजना पक्राउ - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

सामुहिक बलात्कार गरेको आरोपमा चारजना पक्राउ



कैलाली – कैलालीमा किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा आइतबार चार जना पक्राउ परेका छन्। जिल्लाको जानकी गाउँपालिका– ९ की १७ बर्षीया किशोरी बलात्कार गरेको आरोपमा स्थानीय दीपक कडारा, लोकेश रावत, शङ्कर विश्वकर्मा र कुमार कडारालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

पीडित युवतीले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले जानकारी दिए ।
युवतीमाथि गत भदौँ ११ गते राती आफन्तको घरबाट आइरहेको बेला सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ । उनिहरुलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।