सामूहिक बलात्कारमा संलग्न सार्वजनिक - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

सामूहिक बलात्कारमा संलग्न सार्वजनिक



कपिलवस्तु,  फागुन ५

सामूहिक बलात्कारको भिडियो रेकर्ड र छ वर्षीया बालिकाको बलात्कारपछि हत्याको आरोपमा पक्राउ परेका तीन जनालाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
जबर्जस्ती करणीको आरोपमा पकडी गाविस–४ पिचुर्खीका २० वर्षिय ‘बब्लु’ भन्ने अब्दुल रसिद मुसलमान र सोही ठाउँ निवासी २० वर्षीय राहत हुसेन मुसलमानलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको प्रहरी उपरीक्षक भोजजङ्ग शाहले बताउनुभयो ।

उनीहरूमाथि गत माघ २६ गते बिहान १० बजे बाँसखोर गाविसस्थित मर्थी खोला नजिकै एक युवतीलाई बलात्कार गरेर भिडियो रेकर्ड गरेको आरोप छ । सो घटनामा छ जना संलग्न भएको भनिए पनि प्रहरीले दुई जनालाई मात्रै पक्राउ गरेको छ । सामूहिक बलात्कारमा संलग्न अन्य फरार भएकाको विशेष प्रहरी टोली गठन गरी खोजतलास गर्न प्रहरी परिचालन गरिएको उहाँले बताउनुभयो ।

यसैगरी शिवराज नगरपालिकाकी छ वर्षीय बालिकाको बलात्कारपछि हत्याकोे अभियोग लागेका शिवराज नगरपालिका–१० प्रगतिटोल बस्ने १८ वर्षीय भीमबहादुर कुँवरलाई पनि पक्राउ गरिएको छ । शोभाखर अधिकारीको छोरी छ वर्षीया सीतालाई बलात्कार गरी जुवइखोलामा फालेको आरोपमा पक्राउ परेका कुँवरलाई कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ । रासस