साना किसान कृषि सहकारीको साधारण सभा सम्पन्न - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

साना किसान कृषि सहकारीको साधारण सभा सम्पन्न



लम्की,कैलाली । लम्कीचुहा नगरपालिका- ९ प्रतापपुरमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडको १९औं वार्षिक साधारण सभा आज प्रतापपुरमा सम्पन्न भएको छ ।

साना किसान कृषि सहकारी संस्था संचालक समितिका अध्यक्ष मनिराम थारुको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि लम्कीचुहा नगरपालिकाका प्रमुख महादेव बजगाई रहेका थिए । कार्यक्रमका प्रमुख अतिथि बजगाईले सहकारी संस्थाहरुले स्थानीय कृषि पेशामा आवद्ध कृषकहरुका लागि लगानीमा जोड दिनुपर्ने बताउँदै यसका लागि साना किसान कृषि सहकारी संस्थाको योगदान महत्वपूर्ण रहेकोमा प्रसंशा गरेका छन् ।

उक्त अवसरमा संस्थाका प्रबन्धक मानबहादुर देउवाले आर्थिक वर्ष २०७५/०७६ को १० करोड ६७ लाख ६८ हजार ३८ रुपैयाँ बराबरको आय व्यय विवरण सभामा प्रस्तुत गरेका थिए । एक हजार २ सय शेयर सदस्य रहेको संस्थाको आज सम्पन्न साधारण सभाबाट डम्बर बहादुर बोहराको अध्यक्षतामा १० सदस्यीय संचालक समितिको निर्विरोध चयन गरेको छ ।

समितिको उपाध्यक्षमा अर्बन चौधरी रहेका छन भने सदस्यहरुमा मनिराम थारु, उषादेवी जोशी, शुकलाल डगौरा, रुपलाल डगौरा चौधरी, धनीराम चौधरी, कल्पना चौधरी, चन्द्रु चौधरी र लक्ष्मीदेवी बम रहेका छन । त्यसैगरी निर्मलादेवी बमको संयोजकत्वमा ३ सदस्यीय लेखा समितिको समेत चयन गरिएको छ । समितिको सदस्यमा खडकबहादुर महतो र गङगा देवी बोहरा रावल रहेका छन ।