संचारमन्त्रीका स्वकीय सचिव कुटिए : घटना लुकाउन दवाव - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

संचारमन्त्रीका स्वकीय सचिव कुटिए : घटना लुकाउन दवाव



नेपाल सरकारका प्रवक्ता एवं संचारमन्त्री गोकुल बास्कोटाका स्वकीय सचिव राजकुमार सापकोटामाथि  हातपात भएको छ । पनौतीबाट गाडीमा बनेपा आउँदै गरेका सापकोटालाई साँझ पनौतीको ढलमलेमा अज्ञात समूहले हातपात गरेका थिए।

घाइते सापकोटालाई उपचारको लागि बनेपास्थित अस्पताल ल्याइएको थियो । घटनाबारे बुझ्न अस्पताल पुगेका सञ्चारकर्मीहरूलाई नेकपाका कार्यकर्ताले घाइतेको फोटो खिच्न र घाइतेसँग कुरा गर्न रोक लगाएका थिए ।

सञ्चारमन्त्रिका पिए कुटिएको खबर पाउनासाथ प्रमुख जिल्ला अधिकारी लगायत जिल्लामा रहेका उच्च सुरक्षा अधिकारीहरू शीरमेमोरियल अस्पताल आएका थिए । प्रहरीले कुटपिट मा संलग्न भएको आरोपमा तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक दीपक रायका अनुसार घटना बिहीबार साँझ पख काभ्रेको पनौती नगरपालिकाको –५ नम्बर ढलमलेमा भएको बताएका छन् । उनले भने पक्राउ पर्नेमा पनौती नगरपालिका ५ नम्बर वडाकै स्थानीयहरू रहेको बताएका छन् । सुमन बोगटी, कञ्चन भन्ने चन्दन बोगटी र प्रमेश केसी रहेका छन् । घटना बारे एक पक्षीय कुरा मात्रै बुझेका छौँ दुवै पक्षको कुरा र अरू थप संलग्नलाई खोजीको प्रयास भइरहेको छ । उनले भने सापकोटा बनेपा आउँदै गर्दा सो घटना भएको थियो । उपचारमा उनको रगत बगिरहेको भन्दै बिहीबार बेलुका नै नर्भिक अस्पताल लगिएको बताएका छन् ।