संचारकर्मी ब्युटी रसायललाई भ्वाइस अफ बुटवलको उपाधी - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

संचारकर्मी ब्युटी रसायललाई भ्वाइस अफ बुटवलको उपाधी



हिमाल पोष्ट / बुटवल, २२ पुस । संचारकर्मी ब्युटी रसायलले भ्वाइस अफ बुटवलको उपाधी चुमेकी छिन् ।

15910309_1146157145498066_575026813_nबुटवल मण्डपमा भर्खरै घोषणा गरिएको नतिजामा संचारकर्मी रसायलले टप फाईभमा पुगेका अन्यलाई पछाडी पादै जारी मेलामा भ्वाइस अफ बुटवलको उपाधी हात पारिन् ।

उपाधि बिजेताले ५५ हजार ५ सय ५५ नगद सहित आर्कषक उपहार प्राप्त गरेका छिन् । उपाधी हात पारेपछी रसायलले आफुलाई भ्वाइस अफ बुटवलको उपाधी दिलाउन सहयोग गर्ने सबैलाई आभार व्यक्त गरेकी छिन् ।

भ्वाइस अफ बुटवलको उपाधिका लागि टप ५ मा परेका सन्ध्या सुनार, सुरुचि पाठक, चन्द्रप्रकाश फौजा र इश्वर चौधरी मध्येबाट एसएमएसका आधारमा सबैभन्दा बढी मत ल्याउनेलाई बिजेता घोषणा गरिएको हो ।

भ्वाइस बुटवलको हुने इश्वर चौधरीले ३३ हजार ३ सय ३३ रुपैया नगद सहित आर्कर्षक उपहार, तृतिय हुने चन्द्रप्रकाश फौजाले २२ हजार २ सय २२ रुपैया नगद सहित आर्कर्षक उपहार, चौथो हुने ुरुचि पाठकले ११ हजार १ सय ११ रुपैया र अन्तिम ५ मा परेका सन्ध्या सुनारलाई ५ हजार ५ सय ५५ रुपैया नगद सहित पुरस्कृत गरिएको थियो ।

भ्वाइस अफ बुटवलको बिजेतालाई बरिष्ठ गायिका देबिका बन्दनाले पुरस्कार तथा उपहार प्रदान गर्नु भएको थियो । प्रतियोगिताको संयोजक रितेश सिलवाल हुनुहुन्थ्यो । मेलाको समापनका दिन भोली दोहोरी गीतको फाइनल प्रतियोगिता हुने छ ।