सन्दर्भ राष्ट्रिय मेलमिलाप - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

सन्दर्भ राष्ट्रिय मेलमिलाप



आजैको दिन महामानव बिपी कोइराला ले राष्ट्र र राष्ट्रियताको निम्ति राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल फर्कनु भएको थियो।”बिपी को राष्ट्रिय मेलमिलाप नीति संदर्व पुष १६” मेरो बुझाइको राष्ट्रिय मेलमिलाप ,राजा महेन्द्रको मृत्यु पश्चात् नयाँ राजा बिरेन्द्र त्यति बेला परिपक्क भैसकेका थिएनन । उनलाई खेलौना बनाएर नेपालको अस्तित्व नै समाप्त गरिने खतरा बढेको भनेर बीपीले आफूमाथि राजद्रोह सहित दर्जनौ ज्यान मुद्धा रहदा पनि राष्ट्रिय मेलामिलाप को नीति लिएर स्वदेश फर्कने निर्णय गर्नु भएको थियो । उहाँको स्वास्थ्य पनि त्यति बेला राम्रो थिएन । मेलमिलापको नीति लिएर स्वदेश फर्कनु भन्दा केही समय अगि बीपीले बनारसमा गिरिजा बाबु बस्ने घरको छतमा उभिएर गिरिजा बाबु सँग कुरा गर्नु भएको थियो । त्यसै बेला उहाँले भन्नुभएको थियो । “मुलुक सङ्कटमा छ । अव राष्ट्र रहने कि नरहने? भन्ने अवस्था छ ।”

15800837_747123192110811_2006139752_n
बिष्णु सापकोटा

उहा नेपाल जाने बित्तिकै पक्राउ पर्ने निश्चित नै थियो । स्वदेश फर्कनु पर्छ भन्ने बीपीको भनाई मा गिरिजा प्रसाद सहमत हुनु भएको थियो तर बिपी नेपाल फर्कने निर्णय लाई समर्थन गर्न गिरिजा प्रसादको मनले पटक्कै मानेको थिएन । गिरिजा प्रसाद कोइरालाले बिपी लाई तपाईँ कुनै पनि हालतमा नेपाल फर्किनु हुँदैन भन्दा बीपीले यसो भन्नु भयो “त्यसो भए म एक पटक पूर्व देखि पक्षिम सम्मका बोर्डर घुमेर साथीहरूको राय लिन्छु । त्यसका लागी तिमि तयारी गर भनेर गिरिजा प्रसाद लाई भन्नु भएको थियो । त्यस पछि मात्र निर्णय लिने जानकारी गराउनु भएको थियो ।
बीपीको भ्रमणको लागी गिरिजा प्रसाद ले पहिलेनै सबै जसो बोर्डरमा पुगेर बिपी आउने खबर गरी पार्टीका साथीहरू जुटाई दिने काम गर्नु भएको थियो । बीपीले भ्रमण गरे जति सबै ठाउँमा साथीहरूलाई आफ्नो निर्णयका बारेमा जानकारी गराउनु भएको थियो र बीपीले “अहिले मुलुक खतरामा छ । त्यसैले नेपाल फर्कने निर्णय गरेको छु । यसमा तपाईँहरूको के सुझाव छ ।” सबैले नेपाल फर्कन नहुने सुझाव दिए । सुझाव लिएपछि नेपाल जान हुन्न भन्ने कुरामा बिपी सहमत हुनुभएको थियो तर उहाँको अन्तरात्माले मानेन र अन्ततः उहाँले नेपाल फर्कने निर्णय गनुभएको थियो । जुन बेला बीपीले नेपाल आउने निर्णय गर्नु भयो, त्यो बेलामा भारतमा तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले संकटकाल लगाएकी थिइन । र आफ्नै पार्टीका नेताहरूलाई उनले जेल कोचेकी समेत थिइन ।

हुन त इन्दिरा गान्धी सँग खट्पट भएर उहा फर्केको भनाई सत्य नभए पनि केही कुरामा बीपीको इन्दिरा गान्धी सँग खट्पट चाही भएको थियो नै । बिपी नेपाल फर्कनु को मुख्य कारण चाही देशको राष्ट्रियता र सार्वभौमिकता खतरामा पर्न लाग्यो भनेर नै हो । उहाँले गिरिजा बाबु सँग “नयाँ राजा छन् । अनुभवी छैनन् । कसैले गलत बाटोमा लाग्न नयाँ राजा लाई सल्लाह दियो भने देश कै अस्तित्व समाप्त हुन्छ । त्यसैले आफ्नो भूमिमा पुगेर मर्नु परे पनि तयार छु ।” भन्नु भएको थियो । राजा महेन्द्रको मृत्यु भएपछि गिरिजा बाबुले बीपीलाई राजा महेन्द्र को मृत्युको समवेदना संदेश पठाउन भनेका थिए । त्यति बेला बीपीले संदेश पनि पठाउनु भएको थियो भने दरबारले त्यसको औपचारिक जवाफ भने पठाएको थिएन र सकारात्मक रूपमा त्यसलाई लिएको छ भन्ने जानकारी बीपी लाई आएको थियो ।

नेपाल फर्कने बेलामा बीपीले भारतका समाजवादी नेता जयप्रकास नारायण सँग कुरा गर्नु भएको थियो । जय प्रकाशले भनेका थिए, “बिपी तपाईँ नेपाल जानुस । स्वदेशमानै बसेर प्रजातन्त्रका लागी सङ्घर्ष गर्नुस ।” त्यो समयमा जयप्रकाश को स्वास्थ्य ठिक थिएन । उपचार गराउदै थिए । २०३३ साल पुष १६ गते बीपीको बिदाइको लागि उनी एयरपोर्टमा आएका थिए । त्यहा बिपीको बिदाइ गर्न ठुलो भिडनै लागेको थियो । यसरी शाही नेपाल बायु सेवा निगमको विमान बाट बिपी, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्का, निलाम्वर पन्थी, स्वदेश फर्कनु भएको थियो । त्यति बेला बिपी कोइरालाहरु प्रति भारतीयहरूको व्यवहार पनि त्यति राम्रो थिएन । एकदमै रिस उठेको बेला एक पटक गिरिजा प्रसाद कोइराला ले उनीहरूलाई यसो भन्नु भएको थियो । “ठिक है आप ईसतरहका व्यवहार करते हैं, हम राजा के पास चले जाते हैं । वहीं हात मिलाने आइएगा ।” गिरिजा प्रसादले यदि आफूलाई त्यस्तो रिसा उठ्थ्यो भने बीपीलाई पनि त झोक चल्थ्यो होला नि । म त त्यस्ता घटना खपेर बस्थे बिपी ले सहन सक्नु भएन र त्यति बेला गिरिजा प्रसादले बिपी लाई नेपाल नफर्कन सल्लाह दिनु भएको थियो यदि नेपाल फर्केमा बीपीलाई जेल हाल्छन् र उहा मर्नु हुन्छ भन्ने लागेको थियो फेरी त्यति बेला उहाँको स्वास्थ्य पनि ठिक थिएन ।

त्यतिका बाबजुत पनि बिपी राष्ट्र, राष्ट्रियता को लागी मरे पनि नेपालमा नै मर्ने भन्ने दृढ विश्वास का साथ मेल-मिलाप को नीति लिएर नेपाल फर्कनु भएको थियो जुन नीति अहिले आएर दिन प्रति दिन खड़की रहेको छ, दुर्भाग्य मुलुकले अर्को बिपी कोइराला जन्माउन सकेन र देश दलदलमा भासिएको छ। अन्तमा श्रदिय महामानव प्रति हार्दिक श्रदान्जली अर्पण गर्दछु ।जय नेपाल
सीता सापकोटा
महासमिती सदस्य
बेल्जियम।