सन्दीपको उत्कृष्ट प्रदर्शन, दुई ओभरमा लिए दुई विकेट - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

सन्दीपको उत्कृष्ट प्रदर्शन, दुई ओभरमा लिए दुई विकेट



काठमाडौं । टी-१० लिगमा आज भने सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका छन् ।

आइतबारको खेलमा लामिछानेले २ विकेट लिएका छन् । कर्नाटका टस्कर्सले बंग्ला टाइगर्ससँग खेल्दा नेपाली उनले २ विकेट लिएका हुन् ।

खेलमा दुई ओभर बलिङ गरेका सन्दीपले जम्मा ९ रन खर्चिएका छन् ।

दुबईमा पहिले ब्याटिङ गरेको कर्नाटकाले १० ओभरमा एक विकेट गुमाएर ११४ रन बनाएको थियो । लक्ष्य पछ्याउँदै मैदान उत्रिएको बंग्लाले ५ विकेट गुमाएर जीत हात पारेको छ ।