अस्ट्रेलियामा चम्किए सन्दीप लामिछाने - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

अस्ट्रेलियामा चम्किए सन्दीप लामिछाने



अस्ट्रेलिया : अस्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) मा मेल्बर्न स्टार्स र एडिलेड स्ट्राइकर्सबीच भइरहेको खेलमा नेपाली क्रिकेटर सन्दीप लामिछानेले विकेट लिएका छन्।

छैठौँ ओभर बलिङ गर्न आएका सन्दीपले म्याथ्यू शर्टलाई बोल्ड आउट गराएका हुन्। उनले शर्टलाई १ रन दिएका थिए ।

त्यसपछि दोस्रो बलमा एलेक्स क्यारेले छक्का हिर्काए। क्यारे तेस्रो बलमा १ रन दौडिएपछि स्ट्राइकमा शर्ट आए। त्यसपछि चौँथो बलमा शर्टलाई उनले बोल्ड आउट गराएका हुन्।

उक्त ओभरमा सन्दीपले ८ रन खर्चिदै १ विकेट हात पारे। त्यसपछि आठौँ ओभरसमेत बलिङ गरेका सन्दीपले ५ रनमात्र खर्चिए।

ताजा अवस्थामा एडिलेडले १० ओभरमा ३ विकेट गुमाउँदै ८४ रन जोडेको छ।