बिग बास छाडेर नेपाल फर्किए सन्दीप: मेलबर्न स्टार्सलाई चिन्ता - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

बिग बास छाडेर नेपाल फर्किए सन्दीप: मेलबर्न स्टार्सलाई चिन्ता



काठमाडौं- लेग स्पिनर सन्दीप लामिछाने त्रिकोणात्मक एक दिवसीय अन्तराष्ट्रिय (ओडीआई) खेल्न नेपाल फर्किएपछि मेलबर्न स्टार्सलाई धक्का लागेको छ ।

स्टार्सको बलिङ आक्रमणमा प्रमुख खेलाडी बनेका उनी एलिमिनेटर र फाइनलमा उपलब्ध हुने छैनन् ।

स्टार्सका अर्का विदेशी खेलाडी पाकिस्तानका हरिस राउफ पनि स्वदेश फर्किसकेका छन् । उनी बंगलादेशविरुद्धको टी २० श्रृङ्खलाका लागि स्वदेश फर्किएका हुन् ।

स्टार्सका प्रशिक्षक डेभिड हसीले सन्दीप र राउफ उपलब्ध नहुँदा दबाबमा परेको बताएका छन् ।

मेलबर्नका प्रशिक्षक डेभिड हसीले राष्ट्रिय टिममा बोलाउँदा खुसी लागेको तर टिमले एउटा उत्कृष्ट खेलाडी गुमाउँदा दुःख लागेको प्रतिक्रिया दिएका छन् ।

हसीले भनेका छन्, “स्पिनमा सन्दीपले गजब गरेका छन् । उनी हाम्रा महत्वपूर्ण खेलाडी हुन् । तर, खेलाडीले राष्ट्रिय टीमबाट खेल्न पाउनु गर्वको विषय हो ।” सन्दीपले यो सिजन १३ खेलबाट १५ विकेट लिएका छन् ।