लक्षण सहित सन्दिपलाई कोरोना संक्रमण - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

लक्षण सहित सन्दिपलाई कोरोना संक्रमण



काठमाडौं – नेपाली स्टार क्रिकेटर एवम नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेलाई लक्षण सहित कोरोना संक्रमण भएको छ ।

सन्दीप आफैले कोरोना संक्रमण भएको सामाजिक संजालमार्फत जानकारी गराएका छन् । आफूलाई कोरोना संक्रमण भएको पुष्टि गर्दै उनले परिक्षण नतिजा पोजेटिभ आएसँगै सेल्फ आइसोलेसनमा बसेको जनाएका छन् ।

कोरोनाको हल्का लक्षण समेत देखिएको उनले जनाएका छन् । यसअघि मंगलबार १६ खेलाडीको पिसिआर परिक्षणमा कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्र सिंह ऐरी र युवा ब्याट्सम्यान रोहित कुमार पौडेलको रिपोर्ट पोजेटिभ आएको थियो । शुक्रबार रोहित, ज्ञानेन्द्र र दीपेन्द्रले रिपोर्ट नेगेटिभ आएको छ ।