सन्दीपको शानदार खेल - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

सन्दीपको शानदार खेल



काठमाडौं- टी–१० क्रिकेटमा सन्दीप लामिछानेको खेल हेर्न लायक पर्दर्शन गरेका छन् ।

खेलमा कर्नाकटा टस्कर्सले दिएको ११५ रनको चुनौती पछ्याएको बंगला टाइगर्सले आक्रामक जवाफी ब्याटिङ गरेको थियो ।

टाइगर्सले तीन ओभरमा ४२ र चार ओभरमा ५५ रन बनाएको थियो । यो बेला लगभग खेल टाइगर्सको पक्षमा गइसकेको थियो । तर, पाँचौं ओभरमा आएका सन्दीपले पहिलो बल डट फाले भने दोस्रो बलमा टाइगर्सको पहिलो विकेट लिए । यो ओभरमा सन्दीपले पाँच रन मात्रै खर्चिए ।

छैठौं ओभरमा थप एक विकेट टाइगर्सको गुम्यो । सातौं ओभरमा आएका सन्दीपले चार रन मात्रै खर्चिए भने एक रन आउट र अर्कालाई एक क्याच आउट गराए । १४ बलमा बिस्फोटक ब्याटिङ गरेका आन्द्रे फ्लेटचर र कप्तान थिसरा पेरेरालाई क्याच आउट गराएका थिए भने कोलिन इन्ग्रामलाई रन आउट गराए ।

टाइगर्सका बाँकी ब्याट्सम्यानलाई रोक्न नसक्दा कर्नाकटा भने पाँच विकेटले पराजित भयो ।