सन्दीप लामिछानेले पहिलो बलमै लिए विकेट - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

सन्दीप लामिछानेले पहिलो बलमै लिए विकेट



काठमाडौं- नेपाली स्टार क्रिकेटर तथा लेग स्पिनर सन्दीप लामिछानेले पहिलो बलमै विकेट लिएका छन् । टी–१० मा सन्दीप लामिछानेले पहिलो बलमै विकेट लिएका हुन् ।

चौथौं ओभरमा आएका सन्दीपले पहिलो बलमै विकेट लिएका हुन् । मोहम्मद उस्मानलाई बोल्ड गरेका सन्दीपले पहिलो ओभरमा तीन रन मात्रै दिए । 

सन्दीपको दोस्रो ओभर भने राम्रो हुन सकेन । छैटौं ओभरमा आएका सन्दीपले १६ रन खर्चिए । 

कर्नाटकले दिल्ली बुल्सलाई १११ रनको चुनौती दिएको छ । कर्नाटकको यो पहिलो खेल हो ।

कर्नाटकका लागि कप्तान हसिम अम्लाले ६, जोनसन कार्लेस १३, उपल थाराङ्नाले ४८, साफिकुल्लाहले ३४ र रोले ४ रन जोडेका थिए ।