सन्दीप परे सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

सन्दीप परे सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा



काठमाण्डाै – नेपाली स्टार क्रिकेटर तथा लेग स्पिनर सन्दीप लामिछाने सबैभन्दा बढी विकेट लिने खेलाडीको सूचीमा परेका छन्।

अस्ट्रेलियामा जारी विग ब्यास लिगमा नेपाली खेलाडी सन्दीप लामिछाने सर्वाधिक विकेट लिने खेलाडीको छैटौं स्थानमा उक्लिएका हुन् ।

अहिलेसम्म १२ मध्ये एक खेलमा मात्रै बाहिर बसेका सन्दीपले विकेट संख्या १४ पुर्‍याएका छन् ।

दशौं स्थानमा रहेका सन्दीपले सोमबार सिड्नीविरुद्ध २ विकेट लिएपछि एकै पटक छैटौं स्थानमा उक्लिएका हुन् ।

सन्दीपले अहिलेसम्म ३८ ओभर बलिङ गर्दा १ ओभर मेडन राख्दै २९५ रन खर्चिएका छन् । उनको इकोनोमी रेट ७.७६ रहेको छ ।

सन्दीप भन्दामाथि पर्थ स्कोर्चसका जे रिचर्डसन रहेका छन् । उनले पनि समान १४ विकेट लिए पनि इकोनोमी रेट ७.१९ रहेको छ ।

जारी लिगमा सर्वाधिक विकेट लिने खेलाडीमा सिड्नी थन्डरका डेनियल साम्स हुन् । उनले ११ खेलमा २० विकेट लिएका छन् ।

यसैगरी मेलवर्न स्टार्सका हेरिस रफ १६ विकेटसहित दोस्रो स्थानमा रहँदा समान १६ विकेट लिएका एडिलेड स्ट्राइकर्सका रासिद खान तेस्रो स्थानमा छन् ।

सिड्नी सिक्सर्सका टम कुर्रान १५ विकेटका साथ चौथो स्थानमा रहँदा १४ विकेट लिएका पर्थका जे रिचर्डसन पाँचौं स्थानमा रहेका छन् ।