बीबीएलमा नेपालबाट सन्दीप लामिछाने मात्रै नोमिनेटेड - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

बीबीएलमा नेपालबाट सन्दीप लामिछाने मात्रै नोमिनेटेड



काठमाडौँ- बिग बाँस लिग (बीबीएल) को ड्राफ्टका लागि नेपालबाट सन्दीप लामिछानेको मात्रै नोमिनेसन भएको छ । अष्ट्रेलियामा हुने १२ औँ संस्करणको बिग बाँस लिगका लागि उनी नोमिनेसनमा परेका हुन् ।

बीबीएलले बुधबार सामाजिक संजाल फेसबुकमार्फत लेग स्पिनर लामिछाने ड्राफ्टमा परेको जनाएको हो । चार संस्करण बीबीएल खेलिसकेका सन्दीप रिटेनको लागि समेत उपलब्ध रहेका छन् ।

ड्राफ्ट अगस्ट २८ तारिखमा हुनेछ । लामिछानेले यसअघि दुई संस्करण मेलवर्न स्टार्स तथा पछिल्ला दुई संस्करण भने होर्बाट हरिकेन्सबाट खेलेका थिए ।

बीबीएलले पहिलो पटक ट्राफ्टमार्फत खेलाडी अनुबन्धन गर्न लागेको हो ।