सन्दीपको मुद्दाले नयाँ मोड लियो- युवती नाबालिग नभएको प्रमाण भेटियो - Himal Post Himal Post
  • १८ जेष्ठ २०८०, बिहीबार
  •      Thu Jun 1 2023
Logo

सन्दीपको मुद्दाले नयाँ मोड लियो- युवती नाबालिग नभएको प्रमाण भेटियो



क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा ट्वीस्ट आउने देखिएको छ । जबरजस्ती करणी गरेको भनिएकी किशोरी नाबालिग नभएको प्रमाण अस्पतालले पठाएपछि मुद्दाले नयाँ मोड लिने देखिएको छ ।

सन्दीपविरुद्ध जाहेरी दिने किशोरीको जन्म मिति २०६१ जेठ १८ कि २०६२ जेठ १८ भन्ने विवाद अदालतसम्म पुगेको छ। वीरगन्जस्थित नारायाणी अस्पतालले किशोरीको जन्म मिति २०६१ भएको प्रमाण जिल्ला अदालत काठमाडौंमा पठाएको हो।

यसअघि अदालतमा सन्दीपकै वकिलले किशोरी नाबालिग नभएको दाबी गर्दै उनी उनी जन्मिएको अस्पतालबाट प्रमाण झिकाउन माग गरेका थिए।

पुस १२ गते जिल्ला न्यायाधीश हिमलाल बेलवासेको इजलासले पीडित भनिएकी किशोरीको जन्मबारे सम्बन्धित अस्पतालबाट कागजात मगाउन आदेश दिएको थियो। अदालतले यसअघि घटनासँग जोडिएका व्यक्तिको बकपत्र गराइसकेको छ।

किशोरी नाबालिग भएको अवस्थामा सहमतीमै करणी भएको भएपनि जबरजस्ती करणी मानिने भएकाले सन्दीप पक्षले सुरुदेखि नै किशोरीको उमेरलाई प्रमुख मुद्दा बनाउँदै आएका छन्।

यसअघि वडा कार्यालय र विद्यालयबाट पनि दुई थरी प्रमाण अदालतमा पुगेका छन्। किशोरी पक्षले नाबालिग भएको प्रमाण बुझाएको छ। सन्दीप पक्षले नाबालिग नरहेको प्रमाण पेश गरेका छन्।

अस्पतालको प्रमाणसँगै किशोरी नाबालिग नभएको बलियो प्रमाण भएको छ। तर यसका बाबजुद पनि बलात्कार गरेको ठहरिएमा भने सन्दीपलाई १० वर्षसम्म कैद सजाय हुन सक्नेछ।