आफूलाई लागेको आरोपबारे सन्दीप लामिछ्ले मुख खोले - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

आफूलाई लागेको आरोपबारे सन्दीप लामिछ्ले मुख खोले



काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले आफुमाथि लागेको सबै निराधार आरोपहरूको सामना गर्न तयार रहेको बताएका छन् ।

उनले आफू निर्दोष रहेको बताउँदै सीपीएलबाट बिदा लिएर केही दिनमै स्वदेश फर्कने निर्णय बताए ।

उनले लेखेका छन् । म निर्दोष छु र नेपालको सम्मानजनक कानुनमा पूर्ण विश्वास राख्छु। मैले सीपीएलबाट बिदा लिएर केही दिनमै स्वदेश फर्कने निर्णय गरेको छु। म यी सबै निराधार आरोपहरूको सामना गर्न तयार छु। न्याय मिलोस्। दोषी सबैमाथि निर्दोष र सही छानबिन होस्, कानूनले सबैलाई समान रूपमा कारबाही गर्ने आशा छ।