यूएई त्रिदेशीय सिरिजका लागि सन्दीप टिममा परेनन् - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

यूएई त्रिदेशीय सिरिजका लागि सन्दीप टिममा परेनन्



यूएईमा हुने आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिदेशीय सिरिजका लागि नेपाली क्रिकेट टिम घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार १५ सदस्यीय टिम घोषणा गरेको हो ।

टिमबाट हालै कीर्तिपुर मैदानमा भएको सिरिजमा रहेका दुई जना लेखाडी बाहिरिएका छन् । अदालतको आदेशका कारण प्रमुख स्पीनर सन्दीप लामिछाने टिममा परेनन् भने सूर्य तामाङ पनि टिमबाट बाहिरिएका छन् । उनले यसअघिको सिरिजका लागि टिममा भए पनि डेब्यू गर्ने मौका पाएनन् । आगामी सिरिजका लागि भने उनी टिमै परेनन् ।

दुई खेलाडी बाहिरिँदा तीन खेलाडी भित्रिएका छन् । टिममा प्रतिस जीसी, मौसम (श्याम) ढकाल र आरिफ शेख भित्रिएका छन् । सन्दीपको यूएई सिरिजका लागि मध्यक्रमका ब्याटर आरिफ शेखले कमब्याक गरेका छन् । उनी बिरामी परेपछि यसअघि टिममा परेका थिएनन् । टिममा नयाँ खेलाडीका रुपमा प्रतिस जीसी पनि परेका छन् । उनी तल्लोक्रमका ब्याटर हुन् । यूएईसँगै पपुवा न्युगिनीसँग नेपालले दुई दुई खेल खेल्नेछ । त्यो सिरिज सकिएपछि नेपालले अन्तिम सिरिज नेपालमै यूएई र पपुवा न्युगिनीसँग खेल्नेछ ।

नेपाल लिगको अंक तालिकामा २८ खेलमा १२ मा जित र १४ मा हारसहित २६ अंकका साथ छैटौं स्थानमा छ । नेपालले शीर्ष पाँचमा रहन सके अन्तर्राष्टिैय एक दिवसीय मान्यता कायम राख्ने छ । नेपाल खेल्न बाँकी आठै खेल जिते टप थ्रीमा रहँदै विश्वकपका छनोटका लागि सिधै छनोट हुनेछ ।

नेपालले २७ फेब्रुअरीमा पपुवा न्युगिनी, मार्च २ मा यूएई, मार्च ३ मा पपुवा न्युगिनी र मार्च ६ मा यूएईसँग खेल्नेछ । त्यसपछि नेपालले मार्च ९ मा त्रिवि मैदान कीर्तिपुरमा पपुवा न्युगिनीसँग खेल्नेछ । मार्च १२ मा यूएई, मार्च १३ मा पपुवा न्युगिनी र मार्च १६ मा यूएईसँग खेल्नेछ ।

नेपाली टिमः
रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, भीम सार्की, सन्दीप जोरा, कुशल मल्ल, मौसम ढकाल (श्याम), गुलशन झा, आरिफ शेख र प्रतिश जीसी ।