ऐतिहासिक किर्तिमान बनाउँदै सन्दीप लामिछाने: विवरण सहित - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

ऐतिहासिक किर्तिमान बनाउँदै सन्दीप लामिछाने: विवरण सहित



काठमाडौं- नेपाली स्टार क्रिकेटर तथा लेग स्पिनर सन्दीप लामिछाने अहिले सबै भन्दा धेरै देशमा खेल्ने खेलाडीको सूचीमा पर्छन । सानो उमेर र छोटो समयमै विश्व क्रिकेटमा राम्रो प्रभाव जमाएका लामिछानेको अहिले राष्ट्रिय तथा अन्तराष्ट्रिय रूपमा चर्चा छ ।

सानो उमेरमै उनले केहि किर्तिमान बनाएका छन् भने युवापुस्ताका आशाका केन्द्र पनि बनेका छन् । युवा स्टारको छवि बनाएका सन्दीप लामिछाने अन्तराष्ट्रिय रूपमा यति ठुलो छबी बनाएका नेपालका पहिलो क्रिकेटर हुन्।

अहिले उनी अष्ट्रेलियामा जारी बिग ब्यास लीगमा मेलबर्न स्टार्सबाट खेलिरहेका छन् । सन्दीपले पहिलेको भन्दा धेरै राम्रो प्रदर्शनका कारण उनि लिगकै सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा पनि परेका छन् ।

यतिमात्र होइन सन्दीप लामिछाने टि ट्वान्टी क्रिकेटमा एक सय विकेटको निकै नजिक पुगेका छन् ।

सन्दीपले अहिलेसम्म टी ट्वान्टी क्रिकेटमा अन्ठानब्बे विकेट पुराएका छन् । बुधबार उनको टीमले खेल्दैछ यदी बुधबार मात्रै उनले २ विकेट लिएको खण्डमा उनले नेपाली क्रिकेटमा नयाँ किर्तिमान बनाउने छन् ।

सन्दीप नेपालबाट टि ट्वान्टीमा एक सय विकेट पुरा गर्ने पहिलो नेपाली क्रिकेटर बन्ने छन् । यस खेलमा २ विकेट नलिएको खण्डमा अन्य खेलको प्रर्दशन पर्खनु पर्ने हुन्छ ।

सन्दीपपछि वसन्त रेग्मीले ४० खेलमा ५३ विकेट लिएका छन् । क्रिकेटबाट सन्न्यास लिई सकेका शक्ति गौचनले ३१ टि ट्वान्टी खेलमा ३२ विकेट लिएका छन् । तीव्र गतिका बलर करण केसीले २७ टि ट्वान्टी खेलमा ३३ र सोमपाल कामीले ३३ खेलमा ३० विकेट लिएका छन् । अन्य खेलाडी धेरै पछि रहेका छन् ।

सन् २०१६ मा हङकङ टि ट्वान्टी ब्लिट्जबाट अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगमा यात्रा बढाएका सन्दीपले इन्डियन प्रिमियर लिग हुँदै बिग ब्यास लिग सम्म उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । सन्दीपले पारिश्रमिक र प्रर्दशन पनि उत्कृष्ट गर्दै आएका छन् । सन्दीपले इंग्ल्यान्डको टि ट्वान्टी ब्लास्ट र न्युुजिल्यान्डको सुपर स्म्यास बाहेक अन्य विश्वका सबै चर्चित लिग खेलेका छन् ।

सिनियर टोलीमा सन्दीपले उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । पछिल्लो तीन वर्षमा सन्दीप सिनियर टोलीका प्रमुख हतियार र नियमित सदस्य हुन् । २०१८ मा लर्ड्समा विश्व–११ बाट वेस्टइन्डिज विरुद्ध टि ट्वान्टी आईमा डेब्यु गरेका सन्दीपले हालसम्म ७२ टि ट्वान्टीमा १५ सय ४३ बल गर्दै १८ सय १७ रन खर्चेर ९८ विकेट लिएका छन् । जसमा ४–१० उत्कृष्ट प्रर्दशन रहेको छ । इकोनोमी रेट ७.०६ छ ।

कुन खेलमा कति विकेट लिए ?

सय विकेटको आँकडा नजिक रहेका सन्दीपले हाल्लसम्म नेपाली राष्ट्रिय क्रिकेट टोली र फ्रेन्चाइज लिग गरि लिएका विकेटको विस्तृत विवरण निम्न प्रकार छ :

इन्डियन प्रिमियर लिग (आईपीएल) २०१८ ( ३ खेल ) – ५ विकेट

वेस्ट इन्डिज बिरुद्ध विश्व–११ (१ खेल) ( १ ओभरमा १२ रन खर्चेका सन्दीपले विकेट लिन सकेनन् )

क्यारेबिन प्रिमियर लिग २०१८ ( ५ खेल ) – ७ विकेट

अफगानिस्तान प्रिमियर लिग २०१८ (१ खेल) – २ विकेट

बिग ब्यास लिग २०१८÷१९ (८ खेल) – ११ विकेट

बंगलादेश प्रिमियर लिग २०१८÷१९ (६ खेल) – ४ विकेट

पाकिस्तान सुपर लिग २०१९ (७ खेल) – ११ विकेट

आईपीएल २०१९ (६ खेल) – ८ विकेट

क्वारेबिन प्रिमियर लिग २०१९ (६ खेल) – ८ विकेट

बिग ब्यास लिग (२०१९÷२० (सुरुवाती ११ खेल) – १४ विकेट

नेपाली राष्ट्रिय टोलीबाट टि ट्वान्टी आई (१८ खेल) – २८ विकेट