देशले क्रिकेट जित्यो, मैले कति योगदान गरेँ थाहा छैन- सन्दीप लामिछाने - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

देशले क्रिकेट जित्यो, मैले कति योगदान गरेँ थाहा छैन- सन्दीप लामिछाने



नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिदेशीय सिरिज कब्जा गरेपछि नेपाली राष्ट्रिय क्रिकेट टाेलीका सदस्य सन्दीप लामिछानले देशले क्रिकेट जितेकाे प्रतिक्रिया दिएका छन् ।

उनले प्रतियाेगितामा आफूले के कति याेगदान दिन सकेँ थाहा नभए पनि देशले क्रिकेट जितेकाे प्रतिक्रिया दिँदै समर्थकलाई धन्यवाद दिएका छन् ।

‘मैले कति योगदान गर्न सके थाहा छैन । तर मेरो देशले क्रिकेट जितेको छ । यो साथ र मायाको लागि सम्पूर्णमा हृदयदेखि आभारी छु’, सन्दीपले सामाजिक सञ्जालमा लेखेका छन् ।

सन्दीपले आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिदेशीय सिरिजमा सर्वाधिक १३ विकेट लिएका थिए । नामिबियाविरुद्ध पहिलाे खेलमा तीन विकेट लिएका उनले स्कटल्यान्डविरुद्ध पनि तीन विकेट लिएका थिए । नामिबियाविरुद्ध अर्काे खेलमा पनि तीन विकेट लिएका सन्दीपले सिरिजकाे अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध चार विकेट लिएका थिए ।