सन्दीपको टोली मेलबर्न स्टार्ससँग खेल्दै - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

सन्दीपको टोली मेलबर्न स्टार्ससँग खेल्दै



काठमाडौं- अस्ट्रेलियामा जारी बिग ब्यास लिग क्रिकेट मा नेपाली युवा लेगस्पिनर सन्दीप लामिछाने आबद्ध टोली होबार्ट हुरिकेन्सले सोमबार आफ्नो आठौं खेल खेल्दै छ ।

होबार्टले सन्दीपकै पूर्वटोली मेलबर्न स्टार्ससँग खेल्न लागेको हो । यसअघि शनिबार पनि होबार्टले स्टार्ससँगै खेलेको थियो ।

उक्त खेल होबार्टको घरेलु मैदान ब्लन्डस्टोन एरेनामा भएको थियो भने आजको खेल पनि त्यहीँ हुनेछ । होबार्ट पिटर ह्यान्डसकम्बको कप्तानीमा मैदानमा उत्रने छ भने मेलबर्नको कप्तानी ग्‍लेन म्याक्सवेलले गर्ने छन् ।

लिगमा हरेक टोलीले एकअर्कासँग दुई खेल खेल्‍ने प्रावधान छ । आजको खेल नेपाली समयअनुसार विहान १०:५० देखि सुरु हुने छ ।

शनिबारको खेलमा सन्दीपले ४ ओभरमा ३८ रन खर्चदैँ २ विकेट हात पारेका थिए । उनी आजको खेल पनि खेल्‍ने सम्भावना उच्च रहेको छ ।

होबार्ट हाल ७ खेलबाट १८ अंक जोड्दै अंकतालिकाको तेस्रो स्थानमा रहेको छ । ६ खेलबाट ११ अंक जोडेको स्टार्स पाँचौं स्थानमा छ ।