सन्दीप लामिछाने 'द हन्ड्रेड'मा डेढ करोडमा आबद्ध - Himal Post Himal Post
  • ५ बैशाख २०८१, बुधबार
  •      Wed Apr 17 2024
Logo

सन्दीप लामिछाने ‘द हन्ड्रेड’मा डेढ करोडमा आबद्ध



काठमाडौं । विभिन्न फ्रेन्चाइज लिगमा अनुबन्ध भइरहेका नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता पनि खेल्ने भएका छन् ।

इंग्ल्याण्ड र वेल्समा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगितामा सन्दीपले बर्मिङ्घम फिनिक्सबाट खेल्ने भएका हुन् । गएराति सम्पन्न ड्राफ्टबाट सन्दीप अहिलेसम्मकै महंगो मूल्य एकलाख पाउन्ड अर्थात् एककरोड ४६ लाख रुपैयाँमा बर्मिङ्घम फिनिक्समा आबद्ध भएका हुन् ।

एक सय बलको हुने द हन्ड्रेड प्रतियोगितामा ८ टिम सहभागी हुनेछन् । प्रतियोगिता २०२० को १७ जुलाईदेखि अगष्टसम्म चल्नेछ । गएराति मात्र सन्दीप यूएईमा हुने टि–टेनमा अनुबन्ध भएका थिए । कर्नाटक टस्कर्समा अनुबन्धित भएका उनको मूल्य ४५ हजार अमेरिकी डलर छ ।