सन्दीपले पाए भिसा ,यसकारण नदिएको रैछ अमेरिकी दूतावासले प्रवेशाज्ञा - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

सन्दीपले पाए भिसा ,यसकारण नदिएको रैछ अमेरिकी दूतावासले प्रवेशाज्ञा



काठमाडौं– अमेरिकाका प्रवेशाज्ञा (भिसा)का लागि आवेदन दिएका नेपाली क्रिकेटर सन्दीप लामिछानेले अन्ततः भिसा पाएका छन् ।

पहिलोपटक आवेदन गर्दा भिसा दिन अस्वीकार गरेको अमेरिकी दूतावासले मंगलबार पुनः बोलाएर सन्दीपलाई भिसा दिएको हो ।

क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न सन्दीपले अमेरिकाको भिसा अप्लाइ गरेका थिए ।

तर, नेपालस्थित अमेरिकी दूतावासले भने भिसा आवेदन रद्द गरिदिएको थियो ।

आफूले दिएको भिसा आवेदन अमेरिकी दूतावासले अस्वीकार गरेकामा आश्चर्य व्यक्त गर्दै सन्दीपले सामाजिक सञ्जाल ट्वीटरमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराएका थिए ।

यसबीच दूतावासले सन्दीपलाई पुनः बोलाएर अन्तर्वार्ता लगायत (प्राविधिक) प्रक्रिया पूरा गरेर भिसा प्रदान गरेको हो ।

अमेरिकी दूतावास स्रोतले सन्दीपको भिसा अप्लाइको प्रक्रियामा केही प्राविधिक क्रुटी भएका कारण पहिलोपटकको आवेदन अस्वीकृत भएको हुनसक्ने जनाएको छ ।