भुकम्प आवास पुन:निर्माण लगत संकलन अन्तरक्रिया कार्यक्रम सन्धिखर्कमा सम्पन्न - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

भुकम्प आवास पुन:निर्माण लगत संकलन अन्तरक्रिया कार्यक्रम सन्धिखर्कमा सम्पन्न



सुर्य भुसाल अर्घाखाँची, ७ मंसिर
भुकम्प आवास पुन:निर्माण लगत संकलन कार्यक्रम अन्तरगत राजनैतिक दल तथा अन्य सरोकारवालाहरुका बिचमा अन्तरक्रिया कार्यक्रम बिहिबार सन्धिखर्कमा सम्पन्न भएको छ । जिल्ला लगत सङकलन व्यवस्थापन कार्यलय अर्घाखाँची को आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममामा बोल्दै प्रमुख जिल्ला अधिकबारि कृष्ण बहादुर कटुवालले जिल्लामा प्रभावितहरु भएको भएमा कहिपनि नछुटुन र कोहि नछुटुन भन्ने उद्देश्यले लगत सकलन सुरु गर्न लागिएकोले सहयोग गर्न जिल्ला बासिहरु लाई आग्रह गर्नुभयो ।

कार्यक्रममा स्थानिय बिकाश अधिकारी प्रदिप पौडेलले जिल्लामा रहेका भुकम्प पिडितहरु छुटन नहुने बताउदै जिल्लामा रहेका सबै ठाउँमा अनुगमन गरिने र भुकम्प पिडित हरुलाई राहात दिने बताउनु भयो । जिल्लामा १७ सय ५९ जनाको पिडित भएको भनि निबेदन परेको ले सबै को अनुगमन गरिने बताउनु भयो । उहाँले सहयोग को अपेक्षा आफुहरुले गरेको पौडेलले बताउनु भयो ।

कार्यक्रममा प्रहरि नायब उपरीक्षक नबरत्न पौडेल ,जिल्ला स्वाथ्व कार्यलका प्रमुख डाक्टर जगन्नाथ तिबारि जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत चोपलाल बेल्बासे नेपाली कांग्रेसमका जिल्ला सदस्य नेत्र प्रसाद भट्टराई, नेकपा एमालेका सचिबालय सदस्य जनार्दन खनाल, नेकपा माओबादि केन्द्रका पोलिटव्युरो सदस्य ठाकुर कुमार बिक, राष्ट्रिय जनमोर्चाका पसुपति ढकाल राप्रपाका देबि बहादुर खड्का जनमुक्ति पाटिका टोप बहादुर बलाल परिबार दलका डल्लीराज भुसाल, नयाँ शक्तिका विष्णु ढुङगाना लगायत पत्रकारहरु नागरिक समाजका प्रतिनिधि हरुको समेत सहभागीता रहेको थियोे ।  कार्यक्रम शेषकान्त घिमिरे ओशनको सञ्चालनमा सम्पन्न भएको थियो ।