सन्दीपको टिम आज कोलकत्तासँग प्रतिस्पर्धा गर्दै - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

सन्दीपको टिम आज कोलकत्तासँग प्रतिस्पर्धा गर्दै



काठमाडौं । दिल्ली डेयरडेभिल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा आफ्नो चौथो खेलमा सोमबार (आज) कोलकत्ता नाइट राइडर्ससँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार ८ बजेर १५ मिनेटमा हुनेछ ।

कोलकत्ताको इडन गार्डन्समा हुने खेलमा दुबै टिम जितको खोजीमा हुनेछन् । दिल्ली गौतम गम्भिरको कप्तानीमा मैदानमा उत्रिँदैछ भने कोलकत्ता दिनेश कार्थिकको कप्तानीमा छ ।

दुबै टिमले समान ३ खेल खेल्दै १ खेलमा जित र २ खेलमा समान हार बेहोरेका छन् । तर, नेटरन रेटको आधारमा कोलकत्ता आईपीएलको पाचौँ स्थानमा छ । यता, दिल्लीभने सातौँ स्थानमा छ । छैटौ स्थानमा रोयल च्यालेन्जर्स बेंग्लोर रहेको छ भने आईपीएलको शीर्ष स्थानमा ३ खेलमा शतप्रतिशत नतिजा निकालेको सनराइजर्स हैदरावाद रहेको छ ।

त्यस्तै, दोस्रो स्थानमा किंग्स इलाभेन पञ्जाब, तेस्रो स्थानमा चेन्नाई सुपर किंग्स र चौथो स्थानमा राजस्थान रोयल्स रहेका छन् ।

दिल्लीमा ग्लेन म्याक्श्वेल, क्रिस मोरिस, ड्यानियल क्रिस्टेयन, सन्दीप लामिछाने, जासन रोय, टे«न्ट बोल्ट, कोलिन मुनरो र लिआम प्लुंकेट गरी दिल्लीमा ८ जना विदेशी खेलाडी छन् । यी मध्ये ४ खेलाडीले आजको खेल खेल्न पाउनेछन् ।