संगीताको मन फाटेपछी(भिडियो सहित) - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

संगीताको मन फाटेपछी(भिडियो सहित)



नेपाली सांगीतिकआकाशमा एउटा चिरपरिचित नाम हो संगीता पोखरेल । केही समय अगाडी सम्झना त आउछ तिम्रो बोलको गीतबाट नेपाली सांगितीक बजारमा छाएकी गायीका संगीता पोखरेल सर्वत्र प्रशंसाकी पात्र बनिन् ।
आकाश पन्थकोको एल्बम उनको यादबाटमा समाविष्ट उक्त गीतमार्फत सांगीतिक पाटोमा छिरेकी उनी अहिले फेरी अर्को सांगितीक कोसेलि लिएर दर्शकश्रोतामाझ आएकी छिन् ।
सन्ध्या म्युजिकको प्रस्तुतिमा रहेको मनै जब फाटेपछि बोलको उक्त गीतमा उनको सुमधुर आवाजसंगै भुवन शर्मा कंडेलको शब्दरचना र विशाल ढकालको संगीत रहेको छ भने पुष्कर सुनुवारको संयोजन रहेको छ । उत्कृष्ट शब्द, अब्बल संगीतको साथै स्वरमा पृथकता सहितको यस गीतको भिडियोमा गायीका पोखरेलले निकै भावुकताका साथ गीत गाएकी छिन् । उनले शिशिर योगीसंगको सहकार्यमा राष्ट्रिय भाव बोकेको गीत अनि आधुनिक गीतहरु बजारमा ल्याउने तयारीमा छिन् ।