शनिवारको दिन भाग २ बजारमा (भिडियो सहित) - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

शनिवारको दिन भाग २ बजारमा (भिडियो सहित)



समिर प्रकाश पाण्डे /चैत्र २१ 

साङ्गीतिक बजारमा नयाँ नयाँ गीत आउने क्रममा अमूल्य म्युजिक प्रा लिईले पनि पछिल्लो समयका चर्चित लय संकलक सागर लामाको गीत शनिवारको दिन भाग २ डिजिटल बजारमा सार्वजनिक गरेको छ ।

युवा सर्जक महेन्द्र विश्वकर्माको शब्दमा सागर लामाले लय बनाएको गीतलाई युवा गायक प्रेम घिमिरे र चर्चित गायिका मुना थापाले गाएका छन् ।ग्रेट नटराज फिल्मसको ब्यानरमा तयार भएको भिडियोलाई अशोक बि क को निर्देशनमा रवि न्यौपानेले खिचेर रबिन बि क ले सम्पादन गरेका छन् । चर्चित नायिका रन्जिता गुरुङ्ग र सुवास सम्राट को दमदार अभिनय रहेको छ ।