संजय दत्तलाई फोक्सोको क्यान्सर, तेश्रो स्टेजमा - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

संजय दत्तलाई फोक्सोको क्यान्सर, तेश्रो स्टेजमा



काठमाडौं- बलिउड अभिनेता संजय दत्तलाई फोक्सोको क्यान्सर भएको छ । संजय दत्तलाई तेश्रो चरणको क्यान्सर भएको बताइएको छ ।

केही दिन अगाडि श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना भएका संजय उपचारका लागि अमेरिका जाने भएका छन् । संजय आफ्नी आमाको साथमा दुबई पुगेका थिए । उनको कोरोना रिपोर्ट भने नेगिटिभ आएको थियो ।

भारतीय मिडियाका अनुसार, क्यान्सरको खबरले संजय स्तब्ध बनेका छन् । उनले तेश्रो स्टेजको क्यान्सरको उपचारका लागि केही समय अस्पतालमा विताउनुपर्नेछ ।

मंगलबार मात्र आएको उनको रिपोर्टले उनी छाँगाबाट खसेजस्तै भएका छन् । संजयको यो रिपोर्ट सार्वजनिक भएपछि सलमान खान, अमिताभ बच्चन, अभिषेक बच्चन लगायतका नायकले फोन गरेका थिए तर उनले फोन नउठाएको भारतीय मिडियाहरूले बताएका छन् ।

यो वर्ष बलिउडका लागि निकै दुखद बनेको छ । बलिउडमा नायक ऋषि कपुर र इरफान खानको निधन क्यान्सर रोगकै कारण भएको थियो ।

संजयले मंगलबार दिउँसो सामाजिक संजालमा ट्विट गर्दै आफूले केही समयका लागि कामबाट ब्रेक लिन लागेको जानकारी दिएका थिए ।