साँझ पनि थपिए ठुलो संख्यामा कोरोना संक्रमित - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

साँझ पनि थपिए ठुलो संख्यामा कोरोना संक्रमित



काठमाडौं- नेपालमा मंगलबार साँझ फेरी ठुलो संख्यामा संक्रमित थपिएका छन् । देशका विभिन्न जिल्लामा गरि थप ९३ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । मंगलबार दिउसो स्वास्थ्य मन्त्रालयले पछिल्ला २४ घन्टामा २८८ जनामा संक्रमण भएको जनाएको थियो भने मंगलबार साँझ नै फेरी ९३ जना थपिएका छन् ।

देशका विभिन्न प्रयोगशालाहरुबाट साँझ आएको रिपोर्ट अनुसार साँझ झापा,रुपन्देही, पाल्पा र कपिलवस्तुमा गरि थप ९३ जनालाई कोरोना पोजेटिभ देखिएको हो । यो संगै नेपालमा संक्रमितको संख्या २ हजार १९२ पुगेको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा झापा बुद्धशान्ति गाउँपालिकाका ५ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवाले साँझ ६ बजे अद्यावधिक गरेकाे रिपोर्टमा रुपन्देहीमा २६, कपिववस्तुमा ६० र पाल्पामा २ जनालाई कोरोना पोजेटिभ पुष्टि भएको प्रदेश जनस्वास्थ्य प्रमुख डा.राजेन्द्र गीरिले जानकारी दिए ।