शंकै शंकाका शब्दले आफ्नी प्रेमिकालाइ घोचे सन्चारकर्मी भुमीले (भिडियो सहित ) - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

शंकै शंकाका शब्दले आफ्नी प्रेमिकालाइ घोचे सन्चारकर्मी भुमीले (भिडियो सहित )



हिमाल पोष्ट / बुटवल ।    साच्ची भन्ने हो भने माया बिना बाँच्न साह्रै गाह्रो हन्छ भन्नेहरुको कमि छैन मायामा अडिएको संसारमा मायाका कथा ब्यथा धेरैका सुनियो ।

भिन्ना भिन्नै कथा ब्यथा भएका मान्छेको भिडमा एउटा आफ्नो मायाको कथा ब्यथा सबैमाझ पोखे सन्चारकर्मी भुमी सुबेदि । साच्चीनै सुन्दा मनबाट भक्कानो छुटेर आउने उनको यो ब्यथा शब्द शब्द मा पोखेका छन् ।

पर्वतको शालीजामा जन्मेका एक कुशल सन्चारकर्मी तथा सर्जक सुबेदी सन्चार क्षेत्रमा रोमलीदा रोमलीदै शहरको एक धनि परिवारमा हुर्केकी एक युवातीको माया जालमा फसे ।

माया लाई सबथोक सम्झने सुबेदि मायाकै लागी घर परिवारलाई भुल्न पुगेका थिए । केहि समय नेपालमा आफ्नो पे्रमीका सँग रमाएका उनि जब प्रेमिका जापान छिरिन अनि उनका शंकाका शब्द छताछुल्ल हुन पुग्यो ।

शंकै शंकामा आफ्नो प्रेमिकालाई भने : भन्नि हौकी गाउँघरमा फर्किन्न खोज्नि हौली शहरमा घर किन्न मेरो दिलमा तिमी नै छौ तिम्रो दिलमा कुन छ धन सम्पति हेरिनौ भनेत तिम्रो मेरो मिलन एक दिन पक्कै पनि हुन्छ ।

साच्चीनै तपाईको आफ्नै ब्यथा हो भन्ने प्रश्नमा उनले थोरै बास्तबीकतालाई काल्पनिक मा घुलमील बनएको हो  ।

यर्थाथमा उनको यो लोक गित रहेको पुष्ट्याएका छन् । यस भन्दा अघि धेरै गितमा शब्द कोरेका उनि अहिले पनि आफ्नै शब्दमा तिम्रो दिलमा कुन छ एल्बम बजारमा ल्याए लगत्तै चर्चा बटुलेका छन् भने अब को अर्को गित आफ्नै आवाजमा बजारमा ल्याउने तयारीमा रहेको पनि जानकारी दिए ।

चर्चित संगितकार केशब सापकोटा को लय, खुमन अधिकारी र पुर्णकला बि सी को सुमधुर आवाज रहेको सोहि गितमा चर्चित शब्द संकलक भने भुमी सुबेदिको रहेको छ । केपी पौडेलको नबिनतम प्रस्तुति रहेको एल्बम तिम्रो दिलमा कुन छ जनता डिजीटल मार्फत बजारमा आएको छ । एल्बम तिम्रो दिलमा कुन छ ले चर्चा बटुल्न सकोस सुबेदिलाई सफताको शुभकामना ।।