संखुवासभामा प्रहरी र स्थानीयबीच झडप, १५ जना घाइते, ९ राउन्ड हवाई फायर - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

संखुवासभामा प्रहरी र स्थानीयबीच झडप, १५ जना घाइते, ९ राउन्ड हवाई फायर



संखुवासभा, मंसिर १ । संखुवासभामा स्थानीय निकाय पुनःसंरचनाको विषयमा विवाद हुँदा प्रहरी र स्थानीयबीच झडप भएको छ । झडपमा परी डेढ दर्जन स्थानीय घाइते भएका छन् ।

मामलिङ, आँखीभुइ र तामाफोक गाविसका लागि प्रस्तावित केन्द्र धर्मदेवी नगरपालिकाको विषयमा विवाद भएपछि प्रहरी र स्थानीयबीच बुधबार दिउँसो मामलिङमा भडप भएको हो ।

मालिङका स्थानीयले सोही स्थानको याख्याचोकलाई कन्द्र राख्नुपर्ने माग गर्दै आन्दोलन गरेको हुन् ।

झडपका क्रममा प्रहरीले लाठीचार्ज गर्नुका साथै ९ राउन्ड हवाई फायरिङ गरेको थियो भने प्रहरीले ४ राउन्ड अश्रुग्याससमेत प्रहार गरेको थियो ।

आन्दोलनकारीले हानेको ढुंगा लागेर प्रहरी जवान लक्षण बस्नेत घाइते भएका छन् ।

लाठीचार्जबाट नारायण लिंखा, सीताराम भण्डारी, यदुनाथ नेपाल, सुभाष पौडेल, किरण राईलगायत १५ जना घाइते भएको स्थानीय बासिन्दाले बताएका छन् ।

केन्द्रको विषयमा जिल्ला विकास समितिमा मामलिङ, आँखीभुइका स्थानीयले विरोध गर्दै आएका थिए ।