कोरोना संक्रमितहरूको फोक्सोमा लामो समय असर देखियो - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

कोरोना संक्रमितहरूको फोक्सोमा लामो समय असर देखियो



काठमाडौं- विश्वमा झनै तिब्र रूपमा फैलिएको कोरोना संक्रमणबारे विभिन्न अध्ययनहरू भैरहेको बेला संक्रमित भएका व्यक्तिबारे नयाँ तथ्य बाहिरिएको छ ।

संक्रमित भएका व्यक्तिको फोक्सोमा संक्रमण निको भएको लामो समयसम्म असर पर्ने देखिएको अनुसन्धानकर्ताले बताएका छन् । अध्ययन अनुसार उनीहरूमा तीन महिना भन्दा बढि समयसम्म त्यसको असर देखापर्ने तथ्य सार्वजनिक भएको छ ।

विश्वमा अहिले सबैभन्दा बढी अनुसन्धान र अध्ययन कोरोना भैरसकै बारेमा भैरहेको समयमा संक्रमण पश्चातका केहि बिषय अझै पनि खोज र विवादको विषय रहेको अनुसन्धानमा संलग्न वैज्ञानिकले बताएका छन् ।

अक्सफोर्ड विश्वविद्यालयमा भएको उक्त अनुसन्धानमा १० जना संक्रमितमा गरिएको अध्ययन गरिएको अन्तराष्ट्रिय मिडियाले बताएका छन् । उनीहरूमा कोरोना भाइरसको संक्रमणका कारण तीन महिना भन्दा बढि समय फोक्सोमा असामान्य असर देखिएको हो ।

सो असर नोवल स्क्यानिङ्गबाट मात्रै थाहा पाउन सकिने अध्ययनमा संलग्नले बताएका छन् । कन्भेन्सल स्क्यानबाट कोरोना भाइरसको संक्रमणबाट फोक्सोमा पर्ने असरबारे थाहा नहुने अनुसन्धानकर्ताले बताए ।

जेनन ग्यासको प्रयोग गरेर एमआरआई स्क्यान गरेर फोक्सोमा परेको असर देखिएको हो । फोक्सो रोग विज्ञहरुले कोभिड–१९ का बिरामीमा दीर्घकालीन असर पर्ने देखिनुले बिरामीहरुमा ठूलो प्रभाव पर्ने बताएका छन् ।

१९ देखि ६९ वर्ष उमेर समूहका १० जनामा गरिएको अध्ययनमा तीन महिना भन्दा लामो समय असर पर्ने देखिएको र थप अनुसन्धानको खाँचो रहेको समेत अनुसन्धानकर्ताले बताएका छन् ।