सेफ सन्तोष शाहलाई नेपाल पर्यटन बोर्डको भव्य सम्मान - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

सेफ सन्तोष शाहलाई नेपाल पर्यटन बोर्डको भव्य सम्मान



काठमाडौं- विश्वमा नेपाली खाना चिनाउने बीबीसी मास्टर सेफ प्रोफेसनल्स यूके–२०२० को उपविजेता सन्तोष शाह नेपाल पर्यटन बोर्डले सम्मान गरेको छ ।

संसारभर नेपाललाई चिनाएको भन्दै सेफ सन्तोष शाहलाई बोर्डले मंगलबार सम्मान गरेको हो । सम्मान कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले नेपाली खानालाई विश्व जगतमा चिनाकोमा सेफ सन्तोषलाई धनयवाद दिए ।

उनले नेपाललाई यसरी नै विश्वमा चिनाउन सकेको खण्डमा मात्रै नेपालको पर्यटनले सार्थकता पाउने बताए । कोइरालाले आफ्नो पहिचानलाई चिनाउन सेफ सन्तोष शाहबाट सिक्नु पर्ने तर्क गरे ।

विश्व चर्चित सेफ सन्तोषले नेपाली भएको नाताले आफुले नेपाल चिनाउन सफल भएको बताउदै एउटा भान्छेलाई सम्मान गर्ने नयाँ नेपाल पाएको बताए । शाहले हरेक नेपालीले आफु मात्रै होइन नेपाललाई पनि चिनाउन तयार हुनुपर्ने बताए ।

उनले विश्व बजारमा नेपाली खाना चिनाउन योमरी लगायतका खानाले महत्वपूर्ण भूमिका खेलेको जिकिर गरे ।

सिरहा जिल्लाको कर्जनाहामा जन्मिएका शाह लामो समयदेखि बेलायतमा बस्दै आएका छन् । बिहिबार मात्रै काठमाडौं आएका उनलाई विमानस्थलमै पनि भव्य स्वागत गरिएको थियो ।