सन्तु थापाले पाए यो बर्षको सर्वोत्कृष्ट गायकको अवार्ड - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

सन्तु थापाले पाए यो बर्षको सर्वोत्कृष्ट गायकको अवार्ड



काठमाडौँ – चर्चित गायक सन्तु थापाले यो बर्षको सर्वोत्कृष्ट गायकको अवार्ड प्राप्त गरेका छन् । हालै काठमाडौंमा आयोजित एक समारोमामा सन्तु थापालाई उक्त अवार्ड प्रदान गरेको हो ।

राजधानीमा आयोजीत नवौं म्युजीक खबर म्युजीक अवार्डमा सर्वोत्कृष्ट गायक तर्फको अवार्डबाट सन्तु थापालाइ सम्मानीत गरियोको थियो । गायक सन्तु थापाले कौडा गीत ‘सुपारी काचो ‘बाट अवार्ड जितेक हुन् ।

संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले प्रमुख अतिथि रहेको अवार्ड कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजी, सञ्चारकर्मि तथा निर्देशक डिनेश डिसी, गायिका बिमा कुमारी दुरा लगायतको हातबाट अवार्ड ग्रहण गरेका थिए ।

अवार्ड लिँदै गर्दा गायक सन्तु थापाले आफ्नो कामको मुल्यांकन गर्दै अवार्ड प्रदान गरिएकोमा खुसी व्यक्त गरेका थिए । गायक थापाले ‘म सर्वोत्कृष्ट गायकमध्यको पाँच भित्र पर्दा पाएपनि ठिक छ नपाएपनि पाए पनि केहि छैन भन्ने लागेको थियो तर सर्वोत्कृष्टमा परेकोमा खुसी लाग्यो ।

गायक थापाले जुरीसँगै आयोजक प्रति धन्यवाद गर्दै गायिका सिन्धु मल्ललाई समेत सम्झिएका थिए । गायक थापा नेपाली लोकदोहोरी क्षेत्रमा राम्रो योगदान गरेका गायक हुन् ।

यस्तो छ उनले सर्वोत्कृष्ट गायकको अवार्ड पाएको गीत