सप्तरी घटनामाथि नेकपा एमालेद्वारा निष्पक्ष रुपमा छानबिन गर्न सरकारसँग माग - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

सप्तरी घटनामाथि नेकपा एमालेद्वारा निष्पक्ष रुपमा छानबिन गर्न सरकारसँग माग



काठमाडौँ, फागुन २५ गते ।

सप्तरीमा भएको घटना सुनियोजित रुपमा भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निष्पक्ष रुपमा छानबिन गर्न सरकारसँग माग गरेको छ ।

आज रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा नेकपा (एमाले)का सचिव भीम आचार्यले शान्ति पूर्णरुपमा सभा सम्मेलन गर्न पाउने अधिकारको उल्लङ्घन गर्नु लोकतन्त्र विपरीत बताउनुभयो ।

फागुन २७ गते हेटौँडाबाट पार्टीको अभियानलाई निरन्तरता दिइने पनि उहाँले जानकारी दिनुभयो ।

आफ्नो पार्टीका बारेमा मधेसी जनतामा रहेका भ्रम चिर्न आफूहरु मधेस झरेको स्पष्ट पार्दै उहाँले भन्नुभयो – “संविधान कार्यान्वयन गर्नुपर्छ । त्यसका लागि निर्वाचन आवश्यक छ । हामी त्यस अभियानमा छौँ ।”

संयुक्त मधेसी मोर्चाका शीर्ष नेता महेन्द्र राय यादवले संविधान संशोधन गरी स्थानीय निर्वाचनको तयारी गरेको भए तराईका जनताको अकालमा ज्यान जाने स्थिति नआउने बताउनुभयो ।

मुलुकको समस्याको समाधानका लागि पहिले संविधान संशोधन गर्नुपर्ने र केन्द्रको चुनाव अगाडि हुनुपर्ने उहाँको भनाइ थियो । रासस