सप्तरीमा गोली चल्यो, प्रहरीको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

सप्तरीमा गोली चल्यो, प्रहरीको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु



२३ फागुन, राजविराज ।

विहानैबाट तनावग्रस्त सप्तरीको राजविराजमा गोली चलेको छ र, प्रहरीको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु भएको छ ।

एमालेको कार्यक्रम सकिएलगतै प्रहरी र प्रदर्शनकारीबीच ठाउँ-ठाउँमा झडप भएको थियो । त्यही क्रममा एमालेको कार्यक्रमस्थल औद्योगिक क्षेत्रको करिव १०० मिटर पर प्रहरीको गोली लागेर संजन मेहताको मृत्यु भएको छ ।

एमालेको कार्यक्रम सकिने बेलामा प्रदर्शनकारीले एमाले कार्यकर्ताको मोटरसाइकल जलाएका थिए भने एक दर्जन गाडीमा तोडफोड गरेका थिए ।

एमाले शीर्ष नेताहरुको टोली कञ्चनपुरतिर लाग्न खोज्दा १०/२० जनाको समूहमा रहेका प्रदर्शनकारीले ठाउँ-ठाउँमा अवरोध गरेका थिए । उनीहरुलाई हटाउने क्रममा प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच लखेटालखेट भएको थियो ।

अरुलाई पनि गोली लागेको भनिएपनि थप विवरण आउन बाँकी छ ।

source :onlinekhabar