श्राद्ध गर्न देवघाट पुगेका अर्घाखाँचीका २ युवा नारायणी नदीमा बेपत्ता - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

श्राद्ध गर्न देवघाट पुगेका अर्घाखाँचीका २ युवा नारायणी नदीमा बेपत्ता



कमल बिस्ट/अर्घाखाँची ,कार्तिक २ 

सराद्ध गर्न देबघाट पुगेका अर्घाखाँचीका २ जाना युवा नारायणी नदीमा बेपत्ता  हुनु भएको छ  । तनहुँको देबघाट गाउँपालिका ५ बेनीसंगमस्थित काली र त्रिशुली नदी मिसिएको ठाउँ देबघाटमा पौडी खेल्ने क्रममा नारायणी नदीले बगाउँदा उहाहरु बेपत्ता हुनु भएको हो ।

सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ घर भई  हाल रुपन्देहीको बुटवल उपमहानगरपालिका १५ बस्ने २८ वर्षीय राजकुमार श्रेष्ठ र सन्धिखर्क १ का ३८ वर्षीय चन्द्र श्रेष्ठ आज नदीले बगाई बेपत्ता हुनु भएको हो । एकै परिवारका ५ भाइ सराद गर्न भनी देउघाट जानु भएको थियो । पौडी खेल्ने बेलामा नदीले २ भाइलाई बगाएको थियो भने अन्य सँगै गएका भाईहरु भने शकुशल हुनुहुन्छ ।

उनीहरूको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय देबघाटले बताएको छ । बेपत्ता हुनु भएका चन्द्र श्रेष्ठ  सन्चारकर्मी अम्बीका श्रेष्ठ ‘माईलीका’का श्रीमान् हुनुहुन्छ । श्रीमान् र देवर खोलामा बेपत्ता भएपछि उहाँको परिवार शोकमग्न भएको छ । तिहारको मुखमा दुखद घटना घटेको भन्दै सन्धिखर्क बजार पनिस्तब्ध भएको छ ।

यसैबिच सामुदायिक रेडियो देउराली र सुर्योदय एफ एमले संयुक्त  रूपमा निकालेको देउसी भैलो कार्यक्रम पनि आजका लागि स्थगित भएको छ । सहकर्मीको परिवारमै दुखद घटना घटेको भन्दै आजका लागि देउसी भैलो कार्यक्रम स्थगित गरिएको देउसी भैलो संयुक्त समितिका संयोजक सूर्य प्रसाद भुसालले बताउनु भयो ।