फेरि मन्त्रिपरिषद् विस्तार हुँदै, मन्त्री बन्ने सम्भावना कसको ? - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

फेरि मन्त्रिपरिषद् विस्तार हुँदै, मन्त्री बन्ने सम्भावना कसको ?



भदौ २४, काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले फेरि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक सरकारमा जाने निर्णय संगै मन्त्रिपरिषद बिस्तार हुने बालुवाटार श्रोतले जनाएको छ ।

स्रोतका अनुसार देउवाले आजै वा भोलीसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।

मन्त्री हुनेमा राप्रपाबाट दीपक बोहरा, विक्रम पाण्डे, रामकुमार सुब्बा र सुनिल थापाको सम्भावना छ । राप्रपा प्रजातान्त्रिक सरकारमा गए चर्चामा रहेका चारमध्ये तीन जना मन्त्री बन्ने चर्चा चलेको छ ।

प्रधानमन्त्रीले आफैसँग राखेका उद्योग, वन तथा भूसंरक्षण, विज्ञान तथा प्रविधि र शान्ति तथा पुनर्निर्माण मन्त्रालय मध्येबाट तीन मन्त्रालय राप्रपालाई दिने तयारी गरिएको छ ।