सरल गीता (श्रीमद्भागवद् गीताको नेपाली पद्यानुवाद, शृङ्खला-४) - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

सरल गीता (श्रीमद्भागवद् गीताको नेपाली पद्यानुवाद, शृङ्खला-४)



~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~

काश्यश्च परमेष्वास: शिखण्डी च महारथ:।
धृष्टद्युम्नो विराटश्च सात्यकिश्चापराजित:।।१७।।
द्रुपदो द्रौपदेयाश्च सर्वश: पृथिवीपते।
सौभद्रश्च महाबाहु शङ्खान्दध्मु: पृथक्पृथक्।।१८।।

काशीराज महाधनुर्धर तथा दुर्जेयती सात्यकि
धृष्टद्युम्न महारथी अनि शिखण्डी द्रौपदीपुत्र ती।
त्यस्तै नै अभिमन्यु औ द्रुपद  सब् वीरले युद्धको
सूचक् शङ्ख फुके क्रमैसँग त्यहाँ थर्क्यो मुटु वीरको।।१४।।

स घोषो धार्तराष्ट्राणां हृदयानि व्यदारयत्।
नभश्च पृथिवी चैव तुमुलो व्यनुनादयन्।।१९।।
अथ व्यवस्थितान्दृष्ट्वा धार्तराष्ट्रान् कपिध्वज:।
प्रवृत्ते शस्त्रसंपाते धनुरुद्यम्य पाण्डव:।।२०।।
हृषीकेशं तदा वाक्यमिदमाह महीपते।

अर्जुन उवाच
सेनयोरुभयोर्मध्ये रथं स्थापय मेऽच्युत।।२१।।
यावदेतान्निरीक्षेऽहं योद्धुकामानवस्थितान्।
कैर्मया सह योद्धव्यमस्मिन्‍रणसमुद्यतमे।।२२।।

त्यो शङ्खध्वनि घन्किएर पृथिवी आकाशमा फैलिई
थर्काले धृतराष्ट्रपुत्रहरूको छाती चिऱ्यो चर्‌चरी।
त्यस् बेला धृतराष्ट्रपुत्रहरूको देखि स्थिति युद्धमा
नानाभाँति प्रहार गर्न कसिनूपर्ने अवस्थामहाँ।।१५।।

हात्‌मा आफ्नु धनु उठाई सहसा कौन्तेय भन्छन् अब
सेनाका बीचमा पुऱ्याइदिनुहोस् हे कृष्ण मेरो रथ।
मैले हेर्नु छ युद्ध गर्न सुरिई को छन् जुटेका यहाँ
कस्‌का साथ म भिड्नुपर्दछ चिन्हौँ तिन्‌लाई सामूमहाँ।।१६।।

योत्स्यमानानवेक्षेऽहं य एतेऽत्र समागता:।
धार्तराष्ट्रस्य दुर्बुद्धेर्युद्धे प्रियचिकीर्षव:।।२३।।

संजय उवाच
एवमुक्तो हृषीकेशो गुडाकेशेन भारत।
सेनयोरुभयोर्मध्ये स्थापयित्वा रथोत्तमम्।।२४।।

दुर्बुद्धि धृतराष्ट्रपुत्रहरूको कल्याणचिन्तक् भई
को-को छन् रण निम्ति उत्सुक तिनैलाई म हेरौँ अलि।
भन्छन् सञ्जय बुझ्नुहोस् नृप सुनी श्रीकृष्णले यी कुरा
सेनाका बीचमा पुऱ्याइ रथ त्यो पारीदिनुभो खडा।।१७।।

(क्रमश:)