सरल गीता (श्रीमद्भागवद्गीताको नेपाली पद्यानुवाद, शृङ्खला-४१) « Himal Post | Online News Revolution
Logo

सरल गीता (श्रीमद्भागवद्गीताको नेपाली पद्यानुवाद, शृङ्खला-४१)



~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~

चतुर्विधा भजन्ते मां जनाः सुकृतिनोर्जुन।
आर्तो जिज्ञासुरर्थार्थी ज्ञानी च भरतर्षभ।।१६।।
तेषां ज्ञानी नित्ययुक्त एकभक्तिर्विशिष्यते।
प्रियो हि ज्ञानिनो
त्यर्थमहं स च मम प्रियः।।१७।।

अर्थेच्छु अनि आर्त, ज्ञानी र तथा जिज्ञासु यी भेदले
पुण्यात्माहरू मुख्य चार तहका हुन्छन् र भज्छन् सखे।
ज्ञानी उत्तम हुन्छ पार्थ यिनमा मैमाथि श्रद्धा लिँदा
आफ्नू ठान्छ मलाई ज्ञानी, उ पनि प्यारो छ मेरो सदा।।९।।

उदाराः सर्व एवैते ज्ञानी त्वात्मैव मे मतम्।
आस्थितः स हि युक्तात्मा मामेवानुत्तमां गतिम्।।१८।।
बहूनां जन्मनामन्ते ज्ञानवान्मां प्रपद्यते।
वासुदेवः सर्वमिति स महात्मा सुदुर्लभ।।१९।।

उत्तम् हुन् यी सबै तथापि यिनमा ज्ञानी त मद्‌रूप
बुद्धि स्थिर् भई मैमहाँ स्थित छ, ऊ कैवल्य भोग् गर्दछ।
धेरै जन्मपछाडि सिद्ध बनिई जुन् योगीले जान्दछ
‘सारा विश्व छ ईश्वरैमय भनी’ त्यो योगी हो दुर्लभ।।१०।।

कामैस्तैस्तैर्हृतज्ञानाः प्रपद्यन्तेन्यदेवताः।
तं तं नियममास्थाय प्रकृत्य नियताः स्वया।।२०।।
यो यो यां यां तनुं भक्तः श्रद्धयार्चितुमिच्छति
तस्य तस्याचलां श्रद्धां तामेव विदधाम्यहम्।।२१।।

हे अर्जुन् ! विष यी पुरुष्‌हरू भने आशा अनेकौँ लिई
पुज्छन् ती अरू देवता स्वरूचिले अप्‌नाई नाना विधि।
श्रद्धाप्रेम लिएर जुन् स्वरूपको जस्‌ले भजन् गर्दछ
उस्‌को भक्ति पनि त्यही स्वरूपमा स्थिर पारिदिन्छु बुझ।।११।।

स तया श्रद्धया युक्तस्तस्याराधनमीहते।
लभते च ततः कामान्मयैव विहितान्हि तान्।।२२।।
अन्तवत्तु फलं तेषां तद्भवत्यल्पमेधसाम्।
देवान्देवयजो यान्ति मद्भक्ता यान्ति मामपि।।२३।।

गाढा भक्ति लिएर त्यस् पुरुषले जुन् देवता पुज्दछ
उस्‌ले भेट्तछ भोग, भोग पनि हो मैबाट नै निर्मित।
जुन् फल् मिल्दछ देवताहरू भजी नश्वर् छ त्यो निश्चय
देवै बन्दछ देवपूजक, भने मै बन्छ मत्पूजक।।१२।।

(क्रमशः)