सरल गीता (श्रीमद्भागवद्गीताको नेपाली पद्यानुवाद, शृङ्खला-५४) - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

सरल गीता (श्रीमद्भागवद्गीताको नेपाली पद्यानुवाद, शृङ्खला-५४)



~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~

स्वयमेवात्मनात्मानं वेत्थ त्वं पुरुषोत्तम।
भूतभावन भूतेश देवदेव जगत्पते।।१५।।
वक्तुमर्हस्यशेषेण दिव्या ह्यात्मविभूतयः।
याभिर्विभूतिभिर्लोकानिमांस्त्वं व्याप्य तिष्ठसि।।१६।।

प्राणी सर्जक, विश्वका अधिपति, स्वामी हजुर्‌लाई त
राम्रो चिन्न समर्थ को छ र प्रभुबाहेक हे ईश्वर।
आफ्ना दिव्य विभूति वर्णन हओस् मेरा अगाडि अब
कुन् कुन् दिव्य विभूतिले हजुरले संसार  व्याप्त छ।।९।।

कथं विद्यामहं योगिंस्त्वां सदा परिचिन्तयन्।
केषु केषु च भावेषु चिन्त्यो
सि भगवन्मया।।१७।।
विस्तरेणात्मनो योगं विभूतिं च जनार्दन।
भूयः कथय तृप्तिहिं शृण्वतो नास्ति मे
मृतम्।।१८।।

कुन् रीत्‌ले तपाईँलाई चिनुँला चिन्तन् निरन्तर् गरी
मेरा निम्ति छ ध्यानयोग्य कुन रूप् भन्नोस् खुलासा गरी।
आफ्ना योग तथा विभूतिहरूको विस्तारले वर्णन
फेरी गर्नुहओस् सुधा वचनले कैले अघाउन्नँ म।।१०।।

श्रीभगवानुवाच
हन्त ते कथयिष्यामि दिव्या ह्यात्मविभूतयः।
प्राधान्यतः कुरुश्रेष्ठ नास्त्यन्तो विस्तरस्य मे।।१९।।
अहमात्मा गुडाकेश सर्वभूताशयस्थितः।
अहमादिश्च मध्यं च भूतानामन्त एव च।।२०।।

यस्तो अर्जुनको निवेदन सुनी आज्ञा भयो कृष्णको
गर्छु वर्णन मुख्य-मुख्य रूपको सब्‌को असम्भव छ यो।
आत्मा हूँ म समस्त प्राणीहरूको बस्छु हृदाकाशमा
मै हूँ आदि र मध्य, अन्त्य, सब नै प्राणीजगत्‌को यहाँ।।११।।

आदित्यानामहं विष्णुर्ज्योतिर्षा रविरंशुमान्।
मरीचिर्मरुतामस्मि नक्षत्राणामहं शशी।।२१।।
वेदानां सामवेदो
स्मि देवानामस्मि वासवः।
इन्द्रियाणां मनश्चास्मि भूतानामस्मि चेतना।।२२।।

तेजस्वी बिच सूर्य हूँ अदितिका सन्तानमा विष्णु हूँ
हूँ कौन्तेय ! मरीचि वायुगणमा, नक्षत्रमा चन्द्र हूँ।
वेद्‌मा हूँ बुझ सामवेद अनि सब् द्यौतामहाँ इन्द्र म
मन् हूँ इन्द्रियमा र जीवहरूमा हूँ दिव्य चैतन्य म।।१२।।

(क्रमशः)